बम विस्फोटनका घटनापछि अमेरिकी दूतावासको यस्तो अपिल

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

tourists-New-Year_uv9JJsEIVF

बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले नेपाल भम्रणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।

दूतावासले बिहीबार विज्ञप्ति जारी गरी यही मंसिर १० र २१ गतेको निर्वाचनका बेला हुन सक्ने घटनाका विषयलाई लिएर अमेरिकी नागरिकलाई सुरक्षित रहन अपिल गरेको हो।

निर्वाचनको पूर्वसन्ध्यामा देखिएका आतंकको घटनाबाट सुरक्षित हुन आफैले होसियारी अपनाउनपर्ने दूतावासको भनाइ छ ।

दूतावासले आफ्ना नागरिकलाई मतदान स्थान, राजनीतिक दलको कार्यालय, उम्मेदवारको र्‍याली र मतदानका दिन र पछि हुनसक्ने अन्य घटनाबाट टाढा रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०