महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ ।

निर्वाचनको माहोलमा बिदेसिनुपर्दा दुःख लागेको उनीहरू बताउँछन् । मतदानमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि बाध्यताले बिदेसिनुपरेको दैलेख रानीवनका छविलाल शाहीले बताए ।
‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन,’ उनले भने, ‘नेताहरूले देशमै रोजगारी सिर्जना गर्न सक्ने हो भने यसरी कोही पनि बिदेसिनुपर्दैन । तर, चुनावमा आश्वासन दिन खप्पिस नेताहरूको व्यवहार अर्कै हुन्छ ।’ परिवारको पेट पाल्ने दायित्व आफ्नै काँधमा रहेको छविलालले बताए ।
५२ वर्षीय शेरबहादुर पनि स्वदेशमा काम गर्ने अवसर नपाएकै कारण भारततर्फ लागेका हुन् । उनी मजदुरीका लागि भारत जाने र बर्षमा केही समयका लागि नेपाल फर्कने गर्छन् । यसरी नै जिन्दगी चलेको लामो समय भयो ।यो खबर आजकोनयाँ पत्रिकामा छ ।
यसबीच धेरैपटक निर्वाचन भए । उनले पनि भोट खसाले । तर गरिब जनताको पक्षमा काम गर्ने नेता कोही नदेखेको उनको गुनासो छ । ‘गरिवलाई के को चुनाव लाग्ने हो, चुनाव त धनी र नेताका लागि पो आएको हो,’ शेरबहारले भने, ‘चुनावले भोको पेट भरिने होइन, नेताको के आशा गर्नु ?’
निर्वाचनको माहोलमा बिदेसिनुपर्दा दुःख लागेको उनीहरू बताउँछन् । मतदानमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि बाध्यताले बिदेसिनुपरेको दैलेख रानीवनका छविलाल शाहीले बताए ।
‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन,’ उनले भने, ‘नेताहरूले देशमै रोजगारी सिर्जना गर्न सक्ने हो भने यसरी कोही पनि बिदेसिनुपर्दैन ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०