संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ । प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना बनाएका छन् ।
निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ । नरेन्द्र साउदले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन् ।
आयोग प्रवक्ता नवराज ढकालले बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार-प्रसार गर्न नपाइने बताए ।
मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावको प्रचार-प्रसार गर्न भने दलहरूलाई छुट छ। आयोग प्रवक्ता ढकालले पहिलो चरणको निर्वाचनमा सहभागी हुने मतदातालाई प्रभावित हुने गरी दोस्रो चरणको प्रचार नगर्न भने सचेत गराएको छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०