दाहाल-‘छोरालाई अस्पतालसमेत लैजान पाइएन ‘

prachanda-4

काठमाडौँ, ५ मंसिर ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले प्रतिक्रिया दिए ।

‘उनको अभावमा हाम्रो परिवारलाई ठूलो चोट परेको छ, अस्पतालसमेत लैजान पाइएन प्रकाशलाई,’ दाहालले सोमबार लाजिम्पाट निवासमा सञ्चारकर्मीसँग भने, ‘राष्ट्रप्रति हाम्रो दायित्व छ भन्ने अनुभूतिले हामीलाई शोकभन्दा माथि उठ्न शक्ति दिएको छ ।’

दाहालले छोरा प्रकाशबाट चुस्त प्रेस सम्बन्ध र अन्य आन्तरिक व्यवस्थापनमा ठूलो सहयोग गरेको सम्झना गरे । राजनीतिक विषयमा समेत छोराका सल्लाहहरू महत्वपूर्ण हुने गरेको उनले स्मरण गरे।

राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत विभिन्न पार्टी नेता, कूटनीतिक नियोग प्रमुख, विभिन्न क्षेत्रका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेट्दै समवेदना दिएका थिए । आइतबार बिहान हृदयाघातका कारण निधन भएका प्रकाशलाई श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्न दाहाल निवासमा सोमबार दिनभरि भीड लागेको थियो । अन्नपुर्णपोष्टमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित