चुनाव सुरक्षाप्रति सेना : ‘आवश्यक परे अत्याधुनिक हतियारसहित उत्रन्छौं’

nepali-senaनेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आ

सन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ ।

उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो ।

सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ । यद्यपि, सेनाले विप्लव नेतृत्वको नेकपाको नाम नलिई विस्फोट गराउनेहरूलाई ‘उच्छृंखल र निर्वाचनविरोधी तत्व’ भनी टिप्पणी गरेको छ ।

रक्षा मन्त्रालयले आइतबार शान्ति सेनासम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति जंगी अड्डा पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताए ।

सेनाले मतदाता र उम्मेदवारको सुरक्षा गर्ने जिम्मा नपाएको उल्लेख गर्दै क्षत्रीले भने, ‘दुवै प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसके सेना जान्छ ।

आवश्यक परे अत्याधुनिक (डेड्ली) हतियारसहित परिचालित हुन्छैाँ।’ पहिले नेपाल प्रहरी र त्यसपछि सशस्त्र प्रहरी बल परिचालित हुने जानकारी दिँदै उनले स्थिति काबुमा आएन भने अत्याधुनिक हतियारसहित अन्तिम शक्तिका रूपमा सेना परिचालित हुने बताए ।

प्रधानसेनापति क्षत्रीले मुलुकभर भएका विस्फोटका घटनाले सेनालाई सचेत र गम्भीर बन्न बाध्य बनाएको बताए । उनले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै स्थलगत र हवाई गस्ती भइरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०