महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् ।
त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । संविधान संशोधनका लागि मधेसमा भोट माग्दै गरेका राजपा र फोरमका संयुक्त उम्मेदवारहरू त्यही मुद्दा उठाएर मधेस छिरेको कांग्रेससँग प्रतिस्पर्धारत हुँदै गर्दा लोकतान्त्रिक धुरीको मत विभाजित हुने प्रस्ट देखिएको छ ।
कांग्रेस नेत्री यादव भन्छिन्, ‘परिस्थिति यस्तो छ, पार्टीले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने हो । अहिले हामी सबै निर्वाचनको दौडमा भएकाले यसबारे खासै कुरा उठेको छैन तर राजपाका लागि भनेर कांग्रेसले आफ्नो उम्मेदवार फिर्ता लिँदा मेरो ठाउँमा चाहिँ अर्को राजपा अध्यक्ष आइदिने ? ’
एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन बनाएपछि कांग्रेसले मधेसी पार्टी, राप्रपालगायतसँग मिलेर लोकतान्त्रिक गठबन्धनको घोषणा गरेको थियो ।
कांग्रेसले चुनामा समेत वाम गठबन्धनझैं आफूहरूले संयुक्त उम्मेदवारी दिने घोषणा गरेको थियो । लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा समेत सहभागी गराइयो ।
वाम गठबन्धनलाई चुनौती दिने गरी कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाए पनि मधेसमा त्यो प्रभावकारी देखिएन ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०