
निर्वाचन मिति नजिकिँदै गर्दा दोलखामा मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता बढेको छ ।
कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले एकअर्कालाई बुथकब्जा गर्न सक्ने आरोप लगाउँदै मतदाता सुरक्षाप्रति चिन्ता जनाएका छन् । उनीहरू भन्छन्, ‘बुथकब्जा भएन भने मै चुनाव जित्छु ।’
सुन्दै अचम्म लाग्छ, २०४८ सालदेखि नै दोलखामा बुथकब्जाको क्रमभंग भएको छैन । कांग्रेस, एमाले र पछिल्लो पटक चुनावमा प्रवेश गरेको माओवादीले समेत यही हतियार प्रयोग गर्दै आएको छ ।
जसका कारण यहाँ चुनावमा भिडन्त, हुलदंगा, मारकाटका घटना सामान्यजस्तै भएका छन् । गत स्थानीय तहकै चुनावमा यस्तै भिडन्तमा दुई जनाको ज्यान गएको थियो ।
स्थानीयका अनुसार दोलखामा २०४८ यताका कुनै पनि निर्वाचन बिनाधाँधली सम्पन्न भएनन् ।
तर वाम गठबन्धन र कांग्रेस दुवै उम्मेदवार भने बुथकब्जा नभए आफूले जित्ने दाबा गर्छन् । उम्मेदवारहरू अहिले पनि बुथकब्जाकै रणनीतिमा देखिन्छन् भने सुरक्षाकर्मी यसलाई तोड्ने तयारीमा लागेका छन् ।यो खबर आजको कान्तिपुरमा छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद