मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता बढ्यो

election-commission_nirwachan-chunab_DaMk3sCMVa

निर्वाचन मिति नजिकिँदै गर्दा दोलखामा मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता बढेको छ ।

कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले एकअर्कालाई बुथकब्जा गर्न सक्ने आरोप लगाउँदै मतदाता सुरक्षाप्रति चिन्ता जनाएका छन् । उनीहरू भन्छन्, ‘बुथकब्जा भएन भने मै चुनाव जित्छु ।’ 
 

सुन्दै अचम्म लाग्छ, २०४८ सालदेखि नै दोलखामा बुथकब्जाको क्रमभंग भएको छैन । कांग्रेस, एमाले र पछिल्लो पटक चुनावमा प्रवेश गरेको माओवादीले समेत यही हतियार प्रयोग गर्दै आएको छ ।

जसका कारण यहाँ चुनावमा भिडन्त, हुलदंगा, मारकाटका घटना सामान्यजस्तै भएका छन् । गत स्थानीय तहकै चुनावमा यस्तै भिडन्तमा दुई जनाको ज्यान गएको थियो । 

स्थानीयका अनुसार दोलखामा २०४८ यताका कुनै पनि निर्वाचन बिनाधाँधली सम्पन्न भएनन् ।

तर वाम गठबन्धन र कांग्रेस दुवै उम्मेदवार भने बुथकब्जा नभए आफूले जित्ने दाबा गर्छन् । उम्मेदवारहरू अहिले पनि बुथकब्जाकै रणनीतिमा देखिन्छन् भने सुरक्षाकर्मी यसलाई तोड्ने तयारीमा लागेका छन् ।यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि