शृंखलाबद्ध आक्रमणपछि आयोगको यस्तो शंका

bom_EKUarTVYajकात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो।

चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए पनि सुरक्षा दृष्टिले ‘ढुक्क हुन’ आयोगलाई आश्वस्त बनाएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘केही दिनयताका घटनाले हामी निकै चिन्तित छौं,’ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, ‘त्रासमय वातावरण छ। उम्मेदवार मात्र होइन, मतदातामा पनि त्रास फैलिएको छ।’

शंका
विप्लव नेतृत्वको माओवादीले स्थानीय तह निर्वाचनमा छिटपुट घटना गराए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित ‘ठूला हिंसात्मक’ घटनाले भने भयरहित चुनावी वातावरणमा शंका पैदा गरेको छ।

एकपछि अर्को नेता लक्षित बम आतंक मच्चिएको छ। सरकार र सुरक्षा निकायले विप्लव समूहको ‘शक्ति’ को सही अनुमान गर्न र त्यसअनुसारको सुरक्षा रणनीति बनाउन नसक्दा हिंसाका घटना बढ्दै गएको एकथरी विश्लेषकको भनाइ छ।

‘सोच्दै नसोचेका घटना भइरहेका छन्,’ प्रमुख आयुक्त यादव भन्छन्, ‘सुरक्षा निकाय सचेत भएर यस्ता घटना नियन्त्रणमा लिनुपर्ने स्थिति छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद