रोल्पामा भयो विस्फोट

Onsari-gharti-speaker1रोल्पा, २ मंसिर । निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ ।

सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै गरेका नेताहरूलाई लक्ष्य गरी शुक्रबार पौने १२ बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा विस्फोट गराइएको हो । ‘हामीलाई लक्ष्य गरेर बम हानियो । गाडीमा लिबाङ आउँदै थियौं । हाम्रो गाडीनजिकै ठूलो आवाजमा विस्फोट भयो’, निवर्तमान सभामुख घर्तीले भनिन्, ‘संयोगले केही भएन । हामी सुरक्षित छौं ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले रोल्पा नगरपालिका-३, भदौरे जंगलमा बम विस्फोट गराइएको जानकारी दिए । जंगलबाट फालिएको बम सडकसम्म आइपुगेन । सडकबाट केही माथि जंगलमा बम पड्केको थियो । विस्फोट भएको स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जंगलमा विस्फोट नभएको अर्को बम पनि फेला परेको छ ।

सदरमुकाम लिबाङदेखि करिब पाँच किलोमिटर दूरीमा बम विस्फोट भएको छ । सातदोबाटोमा प्रहरीको चेक प्वाइन्टबाट तीन किलोमिटर नजिक पर्छ । पछिल्लो समय जिल्लामा शृंखलाबद्ध आक्रमण भइरहेका छन् । यसअघि वाम गठबन्धनकै उम्मेदवार वर्षमान पुन र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमाथि आक्रमण भएका थिए । बिहीबार पनि घोडागाउँमा सुतली बम हानिएको थियो ।  अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि