
काठमाडाैं, २ मंसिर । रुकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो ।
माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र रुकुममा पूर्वलडाकुमाथि भएको आक्रमणलाई विगतमा माओवादी छाडेका सहयोद्धासँग जोडियो । धेरैको अनुमान थियो, शर्मामाथि माओवादीबाट अलग भएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आक्रमण गर्यो ।
तर, घटनापछि न नेकपाले आक्रमणको जिम्मा लियो न त राज्य संयन्त्रले नै घटनाका दोषी पहिचान गर्न सक्यो । निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गरायो । सुरक्षा प्रमुख र गृह मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षा गर्न सरकार सक्षम र प्रतिबद्ध रहेको बताए ।
तर, क्रमशः उम्मेदवारमाथि आक्रमणका घटना रोकिएका छैनन् । साताभित्र नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अर्थात् वाम र नेपाली काँग्रेस अर्थात् लोकतान्त्रिक गठबन्धनका गरी १० जनाभन्दा बढी उम्मेदवारमाथि आक्रमण भइसकेको छ । पश्चिम रुकुमबाट सुरु भएको आक्रमणको शृङ्खला पूर्वमा भोजपुरदेखि राजधानीसँगै जोडिएको नुवाकोटसम्म जोडिएको छ ।
शुक्रबार बिहान नुवाकोटको ककनीमा काँग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी लक्षित गरी बम विस्फोट गराइयो । घटनामा उम्मेदवार महत सुरक्षित रहे पनि अन्य पाँच जना घाइते भए । शुक्रबार नै निवर्तमान सभामुख ओनसरी घर्ती तथा माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनमाथि रोल्पामा आक्रमण भयो । गोरखापत्र दैनिकमा खबर छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद