उम्मेदवारमाथि आक्रमण बढ्दो

Nepal-Police_345061872

काठमाडाैं, २ मंसिर ।  रुकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र रुकुममा पूर्वलडाकुमाथि भएको आक्रमणलाई विगतमा माओवादी छाडेका सहयोद्धासँग जोडियो । धेरैको अनुमान थियो, शर्मामाथि माओवादीबाट अलग भएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आक्रमण गर्‍यो ।

तर, घटनापछि न नेकपाले आक्रमणको जिम्मा लियो न त राज्य संयन्त्रले नै घटनाका दोषी पहिचान गर्न सक्यो । निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गरायो । सुरक्षा प्रमुख र गृह मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षा गर्न सरकार सक्षम र प्रतिबद्ध रहेको बताए ।

तर, क्रमशः उम्मेदवारमाथि आक्रमणका घटना रोकिएका छैनन् । साताभित्र नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अर्थात् वाम र नेपाली काँग्रेस अर्थात् लोकतान्त्रिक गठबन्धनका गरी १० जनाभन्दा बढी उम्मेदवारमाथि आक्रमण भइसकेको छ । पश्चिम रुकुमबाट सुरु भएको आक्रमणको शृङ्खला पूर्वमा भोजपुरदेखि राजधानीसँगै जोडिएको नुवाकोटसम्म जोडिएको छ ।

शुक्रबार बिहान नुवाकोटको ककनीमा काँग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी लक्षित गरी बम विस्फोट गराइयो । घटनामा उम्मेदवार महत सुरक्षित रहे पनि अन्य पाँच जना घाइते भए । शुक्रबार नै निवर्तमान सभामुख ओनसरी घर्ती तथा माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनमाथि रोल्पामा आक्रमण भयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि