हतियार संकलन गर्न प्रहरी असफल, हतियार कुन–कुन नेतासँग छ ?

PESTOL

लहान, १ मंसिर । सिरहामा अनुमति लिएर वैध तरिकाले राखेका हतियार संकलनमा प्रहरी असफल भइरहेको छ । अनुमति लिएर राखेको हतियार प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय सिरहाले आह्वान गरे पनि केहीबाहेक धेरैले हतियार बुझाएका छैनन् ।

२१ मंसिरमा हुन थालेको स्थानीय तहको निर्वाचनको सुरक्षा खतरा रोक्न जिल्ला प्रशासन कार्यालय सिरहाले अनुमति प्राप्त हतियार संकलन गर्न कात्तिक २२ गते नै जिल्ला प्रहरी कार्यालयमार्फत मातहत निकायलाई पत्राचार गरेको छ । तर, प्रहरी निकाय हतियार संकलनमा सफल हुन सकेको छैन ।

तीन सय २० जनाले लिएका छन् अनुमति
जिल्ला प्रशासन कार्यालय सिरहाको रेकर्डअनुसार तीन सय २० जनाले हतियार राख्ने अनुमति लिएको देखिन्छ । तर, अहिले दुई सय ९३ थान अनुमति प्राप्त हतियार नवीकरण भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले नवीकरण नभएका २७ थान हतियारसमेत सम्बन्धित व्यक्तिसँगै रहेकाले त्यसमा निगरानी बढाइएको बताए । उनले अनुमति लिएर राखिएका सबै हतियार संकलन गर्न सार्वजनिक सूचना जारी गरेको बताए ।

‘स्थानीय तहको निर्वाचनमा पनि सूूचना जारी गरिएको थियो । त्यति वेला संकलन हुन सकेनन् । फेरि पत्राचार गरिएको छ ।’ उनले अनुमति लिएर राखेको सबै हतियार प्रहरीमा बुझाउन आग्रह गरे ।

अनुमति लिएर राखिएको हतियारमध्ये थोरै कम संख्यामा प्रहरीमा बुुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए । उनले भने, ‘सबैले बुझाउँछन् भन्ने विश्वास लिएको छु । बुझाएनन् भने खोसेर भए पनि संकलन गर्नेछौँ ।’

खुल्ला सिमाना र आपराधिक व्यक्ति निगरानीमा
जिल्ला प्रहरी कार्यालय सिरहाले स्थानीय तहको निर्वाचनअवधिभर जिल्लाको दक्षिणी सिमाना र आपराधिक व्यक्तिमा निगरानी बढाइएको छ ।

जिल्लाको करिब ४० किलोमिटरभन्दा बढी दक्षिणी भाग भारतसँगको खुल्ला सिमाना रहेकाले सीमा सुरक्षा व्यवस्था कडाइ गरिएको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।

उनले भने, ‘भारतसँगको खुला सिमानाका कारण जिल्लामा विभिन्न गतिविधि हुने गरेकाले हतियार भित्रिन नदिन दक्षिणी भागमा विशेष चेकपोस्ट राखिएको छ ।’

उनले जिल्लामा अहिले पनि आपराधिक क्रियाकलाप गर्ने व्यक्तिसंग अवैध साना हतियार बरामद हुने क्रम जारी रहेकाले त्यस्ता व्यक्तिमाथि निगरानी राखिएको बताए । उनले थपे– ‘२१ मंसिरमा हुन लागेको निर्वाचनमा कुनै पनि किसिमले आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा निकाय लागिपरेको छ ।’

राजनीतिक दलसँग पनि अवैध हतियार
तराईका जिल्लामा निर्वाचनको विरोधमा अहिले पनि विभिन्न आन्दोलन भइरहेकाले आफू सुरक्षित हुन र केही भइहाले प्रतिकार गर्न गोप्य रूपमा राजनीतिक दलहरूले पनि अवैध हतियार राखेको राजनीतिक व्यक्तिहरू बताउँछन् । नाम नखोल्ने सर्तमा राजनीतिक दलका प्रतिनिधि र नेताहरूले अन्य दलबाट आइपर्ने खतरालाई टार्न अवैध रूपमा हतियार राखेको बताउँछन् ।

जिल्लामा विभिन्न राजनीतिक दलका नेताहरूसँग अवैध रूपमा राखिएको करिब २० भन्दा बढी हतियार रहेको स्रोतको दाबी छ ।

हतियार राख्ने नेता
१. सीतादेवी यादव–कांग्रेस कोषाध्यक्ष– बहालवाला शान्तिमन्त्री– १२ बोरे २ नाले टोटावाल बन्दुक दुई थान
२. देवनाथ साहु तेली– माओवादी केन्द्र – १२ बोरे एक नाले टोटावाल बन्दुक दुई थान
३. पद्म नारायण चाैधरी – कांग्रेस पूर्वसांसद – २२ बोरको राइफल
४. अमियकुमार यादव – कांग्रेस पूर्वसांसद – २२ बोरेको राइफल र १२ बोरे एक नाले टोटावाल बन्दुक
५. मोतीलाल श्रेष्ठ – कांग्रेस – १२ बोरे दुई नाले टोटावाल बन्दुक
दिलीप सिंहले नयाँपत्रिका दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद