हतियार संकलन गर्न प्रहरी असफल, हतियार कुन–कुन नेतासँग छ ?

PESTOL

लहान, १ मंसिर । सिरहामा अनुमति लिएर वैध तरिकाले राखेका हतियार संकलनमा प्रहरी असफल भइरहेको छ । अनुमति लिएर राखेको हतियार प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय सिरहाले आह्वान गरे पनि केहीबाहेक धेरैले हतियार बुझाएका छैनन् ।

२१ मंसिरमा हुन थालेको स्थानीय तहको निर्वाचनको सुरक्षा खतरा रोक्न जिल्ला प्रशासन कार्यालय सिरहाले अनुमति प्राप्त हतियार संकलन गर्न कात्तिक २२ गते नै जिल्ला प्रहरी कार्यालयमार्फत मातहत निकायलाई पत्राचार गरेको छ । तर, प्रहरी निकाय हतियार संकलनमा सफल हुन सकेको छैन ।

तीन सय २० जनाले लिएका छन् अनुमति
जिल्ला प्रशासन कार्यालय सिरहाको रेकर्डअनुसार तीन सय २० जनाले हतियार राख्ने अनुमति लिएको देखिन्छ । तर, अहिले दुई सय ९३ थान अनुमति प्राप्त हतियार नवीकरण भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले नवीकरण नभएका २७ थान हतियारसमेत सम्बन्धित व्यक्तिसँगै रहेकाले त्यसमा निगरानी बढाइएको बताए । उनले अनुमति लिएर राखिएका सबै हतियार संकलन गर्न सार्वजनिक सूचना जारी गरेको बताए ।

‘स्थानीय तहको निर्वाचनमा पनि सूूचना जारी गरिएको थियो । त्यति वेला संकलन हुन सकेनन् । फेरि पत्राचार गरिएको छ ।’ उनले अनुमति लिएर राखेको सबै हतियार प्रहरीमा बुझाउन आग्रह गरे ।

अनुमति लिएर राखिएको हतियारमध्ये थोरै कम संख्यामा प्रहरीमा बुुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए । उनले भने, ‘सबैले बुझाउँछन् भन्ने विश्वास लिएको छु । बुझाएनन् भने खोसेर भए पनि संकलन गर्नेछौँ ।’

खुल्ला सिमाना र आपराधिक व्यक्ति निगरानीमा
जिल्ला प्रहरी कार्यालय सिरहाले स्थानीय तहको निर्वाचनअवधिभर जिल्लाको दक्षिणी सिमाना र आपराधिक व्यक्तिमा निगरानी बढाइएको छ ।

जिल्लाको करिब ४० किलोमिटरभन्दा बढी दक्षिणी भाग भारतसँगको खुल्ला सिमाना रहेकाले सीमा सुरक्षा व्यवस्था कडाइ गरिएको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।

उनले भने, ‘भारतसँगको खुला सिमानाका कारण जिल्लामा विभिन्न गतिविधि हुने गरेकाले हतियार भित्रिन नदिन दक्षिणी भागमा विशेष चेकपोस्ट राखिएको छ ।’

उनले जिल्लामा अहिले पनि आपराधिक क्रियाकलाप गर्ने व्यक्तिसंग अवैध साना हतियार बरामद हुने क्रम जारी रहेकाले त्यस्ता व्यक्तिमाथि निगरानी राखिएको बताए । उनले थपे– ‘२१ मंसिरमा हुन लागेको निर्वाचनमा कुनै पनि किसिमले आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा निकाय लागिपरेको छ ।’

राजनीतिक दलसँग पनि अवैध हतियार
तराईका जिल्लामा निर्वाचनको विरोधमा अहिले पनि विभिन्न आन्दोलन भइरहेकाले आफू सुरक्षित हुन र केही भइहाले प्रतिकार गर्न गोप्य रूपमा राजनीतिक दलहरूले पनि अवैध हतियार राखेको राजनीतिक व्यक्तिहरू बताउँछन् । नाम नखोल्ने सर्तमा राजनीतिक दलका प्रतिनिधि र नेताहरूले अन्य दलबाट आइपर्ने खतरालाई टार्न अवैध रूपमा हतियार राखेको बताउँछन् ।

जिल्लामा विभिन्न राजनीतिक दलका नेताहरूसँग अवैध रूपमा राखिएको करिब २० भन्दा बढी हतियार रहेको स्रोतको दाबी छ ।

हतियार राख्ने नेता
१. सीतादेवी यादव–कांग्रेस कोषाध्यक्ष– बहालवाला शान्तिमन्त्री– १२ बोरे २ नाले टोटावाल बन्दुक दुई थान
२. देवनाथ साहु तेली– माओवादी केन्द्र – १२ बोरे एक नाले टोटावाल बन्दुक दुई थान
३. पद्म नारायण चाैधरी – कांग्रेस पूर्वसांसद – २२ बोरको राइफल
४. अमियकुमार यादव – कांग्रेस पूर्वसांसद – २२ बोरेको राइफल र १२ बोरे एक नाले टोटावाल बन्दुक
५. मोतीलाल श्रेष्ठ – कांग्रेस – १२ बोरे दुई नाले टोटावाल बन्दुक
दिलीप सिंहले नयाँपत्रिका दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि