मन्दिरका धामीझाँक्री वामगठबन्धनमा प्रवेश

dhami-party-prbesबैतडी, २ मंसिर । वाम गठबन्धले जिते धर्मसमेत नमान्ने लोकतान्त्रिक गठबन्धनले आरोप लगाइरहेका बेला बैतडीमा मन्दिरका धामीझाँक्रीसहित राप्रपाका केन्द्रीय सदस्य मोहन थापा र जिल्ला उपाध्यक्ष प्रेमसिंह धामीलगायत सात सय ५३ जना नेता कार्यकर्ता गठबनधनमा प्रवेश गरे ।

जिल्लाको प्रसिद्ध धार्मीक मन्दिर लोट्ने माण्डौंका धामी मानसिं ऐरी र निंगलासैनी मन्दिरका धामी रमेश लावडसहित राप्रपा र कांग्रेसका नेता कार्यकर्ताहरु शुक्रबार बैतडीको देहिमाण्डौमा प्रवेश गरेका हुन् । गठबन्धनमा प्रवेश गरेका मन्दिरका धामीझाँक्री र नेताहरुलाई एमालेका पोलिटव्युरो सदस्य कर्ण थापाले टिका लगाई पार्टी प्रवेश गराए ।

‘६० वर्ष पुगेपछि कम्युनिष्टहरुले बुढाबुढी मार्छन् भन्ने हल्ला पहिले पनि सुनेका सुनेका थियौँ, यो पटक कम्युनिष्टले जिते धर्म मान्दैनन् भन्ने कुराको प्रचार सुन्यौँ, त्यस्ता निराधार भ्रम चिर्न वाम गठबन्धनमा प्रवेश गरेको हौँ,’ जिल्लाका चर्चित धामी मानसिं ऐरीले भने । मिलनप्रकाश ढुङ्गालले नयाँ पत्रिकादैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि