काठमाडौँ, १ मंसिर । काठमाडौं ७ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका विक्रमबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
राजधानीको चर्चित असनदेखि प्रमुख औद्योगिक क्षेत्र बालाजु, वनस्थली, सीतापाइला, स्वयम्भु, नयाँबजारदेखि सोह्रखुट्टेसमेत यसै क्षेत्रमा पर्छ। चर्चित नागार्जुन, शिवपुरीजस्ता पर्यटकीय क्षेत्र तथा इंचगुनारायण र पुरानो गुह्येश्वरीजस्ता धार्मिक स्थल रहेकाले पनि यहाँका मतदाता यस क्षेत्रको विकास र समृद्धिमा समर्पित हुने व्यक्तिलाई जिताउन आतुर छन्।
यस क्षेत्रमा एमालेको प्रमुख प्रतिस्पर्धी मानिने कांग्रेसले उम्मेदवार नउठाएपछि वाम गठबन्धनका मानन्धरको जित सहज हुने आकलन गरिएको छ। तर कांग्रेसको पूर्ण समर्थनसहित लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थापाले प्रचार अभियानलाई आक्रमक पारेर मानन्धरलाई चुनौती दिएका छन्। दुवै उम्मेदवार दैनिक आठ घन्टासम्म घरदैलो अभियान गर्दै प्रत्येक मतदाताको घरसम्म पुग्ने प्रयास गरिरहेका छन्।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार मानन्धरले तत्कालीन माओवादी नेतृ एवं मन्त्री हिसिला यमीलाई हराएका थिए। त्यसअघि ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी नेतृ यमीले जितेकी थिइन्। एमालेका उम्मेदवार मानन्धर दोस्रो जितका लागि ढुक्क देखिन्छन्। पटक-पटक राज्यमन्त्री हुँदै हाल महिला बालबालिका तथा समाजकल्याण मन्त्री रहेका थापा पुराना र अनुभवी राजनीतिज्ञ भएकाले उनी मानन्धरका लागि कमजोर उम्मेदवार भने पक्कै होइनन्।
कांग्रेसमा देखिएको असन्तुष्टि व्यवस्थापन भइसकेको, कांग्रेसको मात्रै नभएर एमालेप्रति असन्तुष्ट देखिएकाको मत पनि आफूलाई आउने भन्दै थापाले यसपटक आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। अन्नपुर्णपोष्टमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित