काठमाडौं ७: वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

rambir-sunilकाठमाडौँ, १ मंसिर ।  काठमाडौं ७ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका विक्रमबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

राजधानीको चर्चित असनदेखि प्रमुख औद्योगिक क्षेत्र बालाजु, वनस्थली, सीतापाइला, स्वयम्भु, नयाँबजारदेखि सोह्रखुट्टेसमेत यसै क्षेत्रमा पर्छ। चर्चित नागार्जुन, शिवपुरीजस्ता पर्यटकीय क्षेत्र तथा इंचगुनारायण र पुरानो गुह्येश्वरीजस्ता धार्मिक स्थल रहेकाले पनि यहाँका मतदाता यस क्षेत्रको विकास र समृद्धिमा समर्पित हुने व्यक्तिलाई जिताउन आतुर छन्।

यस क्षेत्रमा एमालेको प्रमुख प्रतिस्पर्धी मानिने कांग्रेसले उम्मेदवार नउठाएपछि वाम गठबन्धनका मानन्धरको जित सहज हुने आकलन गरिएको छ। तर कांग्रेसको पूर्ण समर्थनसहित लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थापाले प्रचार अभियानलाई आक्रमक पारेर मानन्धरलाई चुनौती दिएका छन्। दुवै उम्मेदवार दैनिक आठ घन्टासम्म घरदैलो अभियान गर्दै प्रत्येक मतदाताको घरसम्म पुग्ने प्रयास गरिरहेका छन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार मानन्धरले तत्कालीन माओवादी नेतृ एवं मन्त्री हिसिला यमीलाई हराएका थिए। त्यसअघि ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी नेतृ यमीले जितेकी थिइन्। एमालेका उम्मेदवार मानन्धर दोस्रो जितका लागि ढुक्क देखिन्छन्। पटक-पटक राज्यमन्त्री हुँदै हाल महिला बालबालिका तथा समाजकल्याण मन्त्री रहेका थापा पुराना र अनुभवी राजनीतिज्ञ भएकाले उनी मानन्धरका लागि कमजोर उम्मेदवार भने पक्कै होइनन्।

कांग्रेसमा देखिएको असन्तुष्टि व्यवस्थापन भइसकेको, कांग्रेसको मात्रै नभएर एमालेप्रति असन्तुष्ट देखिएकाको मत पनि आफूलाई आउने भन्दै थापाले यसपटक आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। अन्नपुर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०