पुरानै परिचयपत्रका आधारमा मतदान गर्न पाइने

काठमाडौँ, १ मंसिर ।   निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकीका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ ।  स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरि सकेका मतदाताहरूले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।  आयोगका प्रवक्ता नवराज ढकालका अनुसार २०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवम् नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पाउनेछन् ।
पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मङ्सिर ८ र ९ गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट वितरण गरिने व्यवस्था गरिएको छ ।  त्यसैगरी, दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मङ्सिर १९ र २० गते परिचयपत्र वितरण हुनेछ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद