
काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकीका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरि सकेका मतदाताहरूले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार २०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवम् नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पाउनेछन् ।
पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मङ्सिर ८ र ९ गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट वितरण गरिने व्यवस्था गरिएको छ । त्यसैगरी, दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मङ्सिर १९ र २० गते परिचयपत्र वितरण हुनेछ । गोरखापत्रमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि