मधेसवादी दलको चुनावी एजेन्डा संविधान संशोधन

madeshi12

काठमाडौंँ,  १ मङसिर।  प्रदेशसभा र प्रतिनिधिसभाको आसन्न चुनावमा मधेसवादी दलले संविधान संशोधनको मुद्दालाई मुख्य कार्यसूची बनाएका छन् ।  लामो समयसम्म संविधान संशोधनका लागि सङ्घर्ष गरे पनि त्यो हुन नसकेपछि त्यसलाई नै मुख्य चुनावी एजेन्डा बनाएर मधेसवादी दल चुनावमा गएका हुन् ।
सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टी (राजपा)नेपालले आफ्नो दललाई मत दिएर बहुमतमा पु¥याए मात्र संविधान संशोधन हुने मतदाताहरू समक्ष राख्दै आएका छन् ।  राजपा नेपाल र फोरम नेपालको चुनावी गठबन्धनका उम्मेदवारले नेकपा एमाले लगायतका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाउँदै गर्दै यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अत्यधिक मत दिएर सम्पूर्ण उम्मेदवारलाई पठाए मात्र संविधान संशोधन हुनसक्ने विचार मतदाता समक्ष राख्दै आएका छन् ।
सप्तरी–२ का प्रतिनिधिसभा सदस्य फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले आफ्नो घोषणापत्रमार्फत संविधान संशोधनको विषयलाई प्राथमिकताका साथ उठाएको बताउनुभयो ।  तराई मधेसका जनता मात्र होइन, हिमाल–पहाडका आदिवासी जनजाति, पिछडिएका समुदायले पनि संविधान संशोधन चाहेको उल्लेख गर्दै आफूहरूको दल बहुमत ल्याएर संविधान संशोधन गर्ने उहाँले बताउनुभयो ।  अध्यक्ष यादवले यस चुनावमा अधिकांश ठाउँमा संविधान संशोधनको कुरालाई विशेष रूपमा उठाउने गरेको बताउनुभयो ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य एवम् सिरहा–४ का प्रतिनिधिसभा उम्मेदवार राजकिशोर यादवले मधेसका लागि मुख्य मुद्दा नै संविधान संशोधन भएको र संविधान संशोधन नभएसम्म मधेसको मुक्ति नहुने बताउनुभयो ।  ‘समृद्धिका कार्यसूची पनि उठाउने गरेको तर मुख्य मुद्दा संविधान संशोधन नै हो’, उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संविधान संशोधनका प्रस्ताव संसद्मा लगेको थियो तर त्यसमा सरकार परिवर्तन भएपछि वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले सदनमा लग्दा एमालेले समर्थन नजनाएपछि अन्तिममा प्रस्ताव अस्वीकृत भएको थियो ।  प्रस्ताव अस्वीकृत भएपछि मात्र राजपा नेपाल चुनावमा भाग लिनका लागि तयार भयो ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य एवम् सर्लाही–२ बाट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्रराय यादवले संविधान संशोधन नभएकोमा मधेसी जनता आक्रोशित भएको बताउनुभयो ।  सर्लाहीमा चुनाव प्रचारमा रहनुभएका अध्यक्ष यादवले संविधान संशोधन हुन नदिएका दलहरूको भण्डाफोर गर्ने काम आफूहरूले गरिरहेको दाबी गर्नुभयो ।  महोत्तरी–२ मा प्रतिनिधिसभाका उम्मेदवार शरतसिंह भण्डारीले प्रमुख तीन दलका कारण संविधान संशोधन हुन नसकेको कुरा तराई मधेसका मतदाताले राम्रोसँग बुझेको दाबी गर्दैै उहाँले संविधान संशोधन हुने गरी मत दिएर पठाउने प्रतिबद्धता जनताबाट आइरहेको बताउनुभयो ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि