काठमाडौँ, ३० कात्तिक । एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहालले ती सभाहरूलाई सम्बोधन गर्दै हिँड्न थालेका छन् ।
त्यसै सिलसिलामा बुधबार पहिलो दिन गोरखामा चारवटा र लमजुङ एउटा सभा भयो । ती सभाहरूमा ओली र दाहालले प्रतिस्पर्धी कांग्रेस र नयाँ शक्तिको गठबन्धनको भविष्य नरहेको टिप्पणी गरे ।
आउँदो चुनावपछि कांग्रेसको हैसियत केही नहुने भन्दै ओली र दाहालले वाम गठबन्धनको भावी सरकारले विकास र समृद्धिको लहर ल्याउने बताए ।
वामपन्थी गठबन्धनका नेता नारायणकाजी श्रेष्ठको क्षेत्रलाई विशेष लक्षित गर्दै ओली र दाहाल बुधबारको चुनावी सभामा उपस्थित भएका हुन् । श्रेष्ठको निर्वाचन क्षेत्र गोरखा २ का भच्चेक तथा पालुङटारमा ओली र दाहाल दुवैले सम्बोधन गरे ।
गोरखा १ आरुघाटमा पनि दुवै नेताले सम्बोधन गरे । गोरखा १ कै घैरुङमा दाहालले र लमजुङको सभामा ओलीले छुट्टाछुट्टै सम्बोधन गरेका थिए ।
‘कांग्रेस आत्तिएको छ, कम्युनिस्ट शासन आउने भो, उधुम हुने भयो भनेर कराएको छ,’ एमाले अध्यक्ष ओलीले पालुङटारको सभामा भने, ‘हो कांग्रेसले ठीक बुझेको छ, अब कम्युनिस्ट सरकार र सत्ता आयो आयो । यसपालिको चुनावले कांग्रेसलाई उडाउने छ, बूढो रूख ढल्छ ।’ कान्तिपुरमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि