काठमाडौँ, ३० कात्तिक । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ ।
आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निर्णय त्यहाँको सरकारले गरेको हो ।
यो निर्णयबाट तुलनात्मक रुपमा आकर्षक तलब पाउने दक्ष नेपाली कामदारले रोजगार अवसर पाउने छैनन्। कार्यरत दक्ष कामदारले समेत रोजगार गुमाउने छन् ।
साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयका अनुसार एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनान्स म्यानेजर, चिफ एकाउन्टेन्ट, सिनियर एकाउन्टेन्ट, अफिस म्यानेजर, सेल्स एसिस्टेन्ट, एडमिनिस्ट्रेसन म्यानेजर, वेयर हाउस म्यानेजर, फोरकिल्प म्यानेजर, लजिस्टिक सुपरभाइजर र ह्युमन रिसोर्स म्यानेजरजस्ता ‘ह्वाइट कलर जब’ मा विदेशीलाई रोक लगाइएको छ ।
यसैगरी अफिस ब्याय, ड्राइभर, रिसेप्सनिस्टको पदमा विदेशी नागरिकलाई काममा लगाउन नपाउने नीति ल्याएको छ।
साउदीमा झण्डै ५ लाख नेपाली कार्यरत छन् । जसको ३० प्रतिशत कामदार बजार, प्रशासनिक र प्राविधिक क्षेत्रमा कार्यरत रहेको अनुमान छ। नागरिकमा खबर छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद