१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ,  ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नगरकोट नगरपालिका संयुक्त वडा कार्यालय सुडालका वडा सचिव माधव सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजस्व रकम आम्दानी रसिद नकाटी हिनामिना गरेको अभियोगमा बुधबार अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो । वडा सचिव सुवेदीले सरकारलाई हानिनोक्सानी पु¥याउने गरी चार लाख ३२ हजार २१० रुपियाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरेको हो । वि.सं. २०७१ मङ्सिर २५ देखि २०७२ चैत ३० सम्म वडा सचिव सुवेदीले उक्त रकम हिनामिना गरेको दाबी अख्तियारको छ ।
सुवेदीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर गरेको आरोप लगाउँदै अख्तियारले हिनामिना रकम बराबरको बिगो दाबी गरेको छ । सुवेदीविरुद्ध बिगोबमोजिम जरिवाना र कैद सजायको पनि माग गरिएको छ ।
यसैबीच अख्तियारले कैलालीको भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि जैसीले विद्यालयको रकम हिनामिना गरेको आरोपमा बुधबार नै भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले जैसीविरुद्ध एक लाख ४८ हजार रुपियाँ बिगो दाबी गरेको छ । बिगो बमोजिमको जरिवाना र कैद सजायको पनि अख्तियारले माग गरेको छ ।
अख्तियारले सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भूमिप्रसाद जैसी र पूर्वप्रधानाध्यापक मोतीराम जैसीविरुद्ध पनि मुद्दा दायर गरेको छ । अन्य शिक्षकको अध्यापन अनुमतिपत्र प्रयोग गरी आधिकारिक व्यक्तिको सट्टा निजी स्रोतका शिक्षकलाई पठनपाठन गराउन लगाएर राज्यकोषको रकम हिनामिना गरेको आरोप लगाइएको छ । राज्यकोषमाथि १८ लाख ३४ हजार ३८० रुपियाँ नोक्सानी पु¥याएको अख्तियारको प्रारम्भिक ठहर छ । अख्तियारले दुवै जनाविरुद्ध बिगो रकम बराबरको जरिवाना र कैद दाबी गरेको छ ।
यसैगरी अख्तियारले बुधबार नै मालपोत कार्यालय धादिङका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
मालपोत, नापी र भूमिसुधारका कर्मचारीको मिलेमतोमा साविकको नीलकण्ठ गाविस वडा नं. ५ मा अवस्थित विभिन्न जग्गामा किर्ते कित्ता नम्बर कायम गरी दर्ता गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।
अख्तियारले धादिङका तत्कालीन प्रमुख मालपोत अधिकृत शङ्करप्रसाद भेटवाल, मालपोत अधिकृत कुशध्वज खत्री, शाखा अधिकृत रामकृष्ण खत्री, नायब सुब्बा नेत्रराज जोशी, नायब सुब्बा जयबहादुर खड्का, नायब सुब्बा मुकुन्दराज पाण्डे, खरिदार राधाकृष्ण नेपालविरुद्ध मुद्दा दर्ता गरेको हो ।
यस्तै नापी कार्यालय धादिङका तत्कालीन अमिन भीमप्रसाद श्रेष्ठ, सर्वेक्षक विश्वकुमार बस्नेत, सर्वेक्षक रवीन्द्रनाथ ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको छ । किर्तेमा संलग्न जग्गाधनी भनिएका लीलाबहादुर श्रेष्ठ र प्रदीप अधिकारीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद