“निर्वाचनका कुनै कार्यक्रम प्रभावित हुँदैन”- डा. अयोधीप्रसाद यादव

aayog_ayodhi-yadav

काठमाडौँ,  ३० कात्तिक। निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई असर पर्ने खालका सुरक्षा चुनौती आए पनि नेपाल सरकारले सुरक्षाको उच्च प्रबन्ध गरेकाले निर्वाचनका कुनै कार्यक्रम प्रभावित नहुने बताउनुभएको छ । उहाँले निर्वाचनको तयारी अब मतदान केन्द्रित भएको बताउँदै संविधानको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचनलाई सफल पार्न सबैको सहयोग आवश्यक
छ भन्नुभयो ।
२०७४ मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सन्दर्भमा नेपाल पत्रकार महासङ्घले बुधबार आयोजना गरेको ‘आमसञ्चार र निर्वाचन’ विषयक कार्यक्रममा प्रमुख आयुक्त यादवले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले लोकतन्त्र, सङ्घीयता, गणतन्त्र स्थापना गर्न नेपाली सञ्चार जगत्को उल्लेखनीय भूमिका रहेकाले त्यसको संरक्षण तथा सम्बद्र्धनमा समेत ध्यान दिन पत्रकारलाई आग्रह गर्नुभयो ।
पेसागत आचारसंहिताभित्र रहेर आफ्ना अध्ययन–अनुसन्धान र विश्लेषण गर्न र स्वच्छ तथा स्वतन्त्र ढङ्गबाट निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्न पत्रकारलाई आग्रह गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आफ्ना समाचारहरूका माध्यमबाट देशलाई निर्वाचनमय बनाइदिन पत्रकार महासङ्घसँग आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले अहिलेको मुख्य विषय निर्वाचन सम्पन्न गर्ने रहेको हुँदा त्यसमा सञ्चार जगत्को महŒवपूर्ण भूमिका रहने बताउँदै त्यसमा निर्वाचन आयोग तथा राष्ट्रिय मानवअधिकार आयोगसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आयोगले मानव अधिकार उल्लङ्घन भए नभएको अनुगमन गर्ने जानकारी दिँदै निर्वाचनका क्रममा बालबालिका प्रयोग हुनुका साथै विद्यालयहरूमा आमसभा भएको हुँदा त्यसप्रति निर्वाचन आयोगले राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेर मात्रै  छाडेकोमा दुःख व्यक्त गर्नुभयो । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनको अनुभव सुनाउँदै प्रभावकारी जनमत सिर्जना गर्न पत्रकार जगत्को महŒवपूर्ण भूमिका रहेको बताउनुभयो ।
सूचना विभागका महानिर्देशक वीरबहादुर राईले निर्वाचनमा सबै पत्रकारलाई सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा निर्वाचन अधिकृतसँग सहकार्य गरी सूचना सम्प्रेषणगर्न आग्रह गर्नुभयो ।

आयोगमा नमुना मतदान
निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर आयोग परिसरमा बुधबार नमुना मतदान अभ्यास सञ्चालन ग¥यो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल उक्त नमुना मतदान कार्यमा सहभागी हुनुभयो ।
आयोगले आगामी निर्वाचनलाई तयार गरेको मतदान केन्द्रको ढाँचा, मतदान केन्द्रको व्यवस्थापन, मतदान प्रक्रिया, सुरक्षा सजगता, राजनीतिक दलका प्रतिनिधिको भूमिका, पर्यवेक्षक तथा पत्रकारले के कस्ता कुरामा ध्यान दिन आवश्यक छ भन्ने ज्ञान हासिल होस् भन्नका लागि उक्त नमुना मतदान सञ्चालन गरेको हो ।
नमुना मतदानमा मतदाता, मतदान अधिकृत, पर्यवेक्षक, राजनीतिक दलका प्रतिनिधिको भूमिकामा आयोगकै कर्मचारी खटिनुभएको थियो भने सुरक्षा घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू परिचालित हुनुहुन्थ्यो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको