दश लाख घुससहित शाखा अधिकृत पक्राउ

काठमाडौँ, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपियाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले पौडेललाई नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको हो ।  पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका छन् ।

घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीको एसपी कमान्डको टोलीले विशेष सुराकका आधारमा पौडेल र केसीलाई पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दियो ।  रकम असुलीको प्रयोजनबारे अनुसन्धान भइरहेको छ ।  अख्तियारले वैदेशिक रोजगार विभाग र यसका कार्यालयलाई विशेष निगरानीमा अपरेसन गर्दै आएको छ ।

यसैबीच, अख्तियारले  सशस्त्र प्रहरी औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई घुससहित पक्राउ गरेको छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद