दश लाख घुससहित शाखा अधिकृत पक्राउ

काठमाडौँ, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपियाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले पौडेललाई नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको हो ।  पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका छन् ।

घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीको एसपी कमान्डको टोलीले विशेष सुराकका आधारमा पौडेल र केसीलाई पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दियो ।  रकम असुलीको प्रयोजनबारे अनुसन्धान भइरहेको छ ।  अख्तियारले वैदेशिक रोजगार विभाग र यसका कार्यालयलाई विशेष निगरानीमा अपरेसन गर्दै आएको छ ।

यसैबीच, अख्तियारले  सशस्त्र प्रहरी औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई घुससहित पक्राउ गरेको छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि