काठमाडौँ, २८ कात्तिक । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ परेका हुन् ।
दुई महिना यता एटीएम मेसिनबाट विभिन्न प्रविधि प्रयोग गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ परेको यो तेस्रो घटना हो ।
कात्तिक १४ गते नेपाल आएका भिटालियाले कति एटीएम प्रयोगकर्ताको डाटा अनधिकृत रुपमा हात पारेका छन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनले एकै दिनमा सयौं एटीएम प्रयोगकर्ताको कोड नम्बर हात पारेका हुन सक्छन् ।
ठमेलको डिस्कभरी होटलको उनी बसेको कोठा छापा मारेर प्रहरीले ग्लोबल आईएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीएम मेसिनबाट रकम निकालेका ३ थान स्लिप, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न ५ थान औजारसमेत बरामद गरेको छ ।
पछिल्ला वर्षहरुमा पूर्वी युरोपेली देशका ह्याकरहरु नेपालमा पर्यटकको भेषमा आउने र कमजोर सुरक्षा प्रणालीसहितका नेपाली एटीएम मेसिनबाट प्रयोगकर्ताको एटीएम कार्डको पिन नम्बर र अन्य कोड नम्बर चोरी गरी रकम निकाल्ने गरेका घटना बढेको देखिन्छ । कान्तिपुरमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि