शिक्षा मन्त्रीलाई बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

deuba-1024x448काठमाडौँ, २४ कात्तिक ।  प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्।

काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता गर्न शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्रीले डा. केसीकै अगाडि मन्त्री श्रेष्ठलाई टेलिफोन गरेका थिए । ‘पूर्वाधार नभएको मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता नगरे तपाईंलाई शिक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउनेछु,’ देउवाको भनाइ उद्धृत गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने ।

देउवाले तीन दिनअघि राष्ट्रपतिलाई भेटेर चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरिदिन आग्रह गरेको जानकारी गराएका थिए । ‘अत्यावश्यक अध्यादेश भएकाले तपाईंले रोकेर राख्ने कानुनी अधिकार छैन, त्यसैले चाँडै प्रमाणीकरण गर्नुस् भनेको छु,’ देउवाले भने ।

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अध्यादेश प्रमाणीकरण नभएको समय पारी विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई एमबिबिएसको सिट निर्धारण गर्न भन्दै मेडिकल काउन्सिललाई पत्र पठाएपछि डा. केसीले प्रधानमन्त्री देउवालाई भेटेको उनका सहयोगी ओमप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार केसीले प्रधानमन्त्रीसँग राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश प्रमाणीकरण गराउन पहल गर्न आग्रह गरेका थिए ।

डा. केसीले आगामी सोमबारसम्म अध्यादेश प्रमाणीकरण नभए र काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट दिन शिक्षा मन्त्रालयलले पठाएको पत्र फिर्ता नभए अनशन थाल्ने प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि