शिक्षा मन्त्रीलाई बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

deuba-1024x448काठमाडौँ, २४ कात्तिक ।  प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्।

काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता गर्न शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्रीले डा. केसीकै अगाडि मन्त्री श्रेष्ठलाई टेलिफोन गरेका थिए । ‘पूर्वाधार नभएको मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता नगरे तपाईंलाई शिक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउनेछु,’ देउवाको भनाइ उद्धृत गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने ।

देउवाले तीन दिनअघि राष्ट्रपतिलाई भेटेर चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरिदिन आग्रह गरेको जानकारी गराएका थिए । ‘अत्यावश्यक अध्यादेश भएकाले तपाईंले रोकेर राख्ने कानुनी अधिकार छैन, त्यसैले चाँडै प्रमाणीकरण गर्नुस् भनेको छु,’ देउवाले भने ।

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अध्यादेश प्रमाणीकरण नभएको समय पारी विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई एमबिबिएसको सिट निर्धारण गर्न भन्दै मेडिकल काउन्सिललाई पत्र पठाएपछि डा. केसीले प्रधानमन्त्री देउवालाई भेटेको उनका सहयोगी ओमप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार केसीले प्रधानमन्त्रीसँग राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश प्रमाणीकरण गराउन पहल गर्न आग्रह गरेका थिए ।

डा. केसीले आगामी सोमबारसम्म अध्यादेश प्रमाणीकरण नभए र काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट दिन शिक्षा मन्त्रालयलले पठाएको पत्र फिर्ता नभए अनशन थाल्ने प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद