अब अस्पताल र डाक्टरले आफूखुसी क्यान्सर औषधि चलाउन निषेध

Medicine-768x465काठमाडौँ, २३ कात्तिक । क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ। उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो।केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ। विभागका निर्देशक डा. भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन तयार गरेको क्यान्सर उपचार कार्यविधि पठाइएको बताए। उनका अनुसार उक्त कार्यविधिले गरिब, विपन्न वर्गका बिरामीलाई ठूलो राहत पुग्नेछ। अब क्यान्सरका बिरामीको उपचार गर्दा चिकित्सकहरूले आफूअनुकूल औषधि चलाउन पाउनेछैनन्। तिंकरीले भने, ‘स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि लागू भएसँगै बिरामीले सस्तोमा एकै प्रकारको उपचार सेवा पाउनेछन्।’

सुरुमै रेडियोथेरापी लिनुनपर्ने

तिंकरीका अनुसार अब क्यान्सर उपचार हुने सबै अस्पतालमा बिरामीले विगतमा जस्तो एकैपटक महँगो शल्यक्रिया, औषधि र रेडियोथेरापी लिनुपर्दैन। बिरामीले जुन अस्पताल गए पनि एकै प्रकारको क्यान्सर रोगको उपचार पाउनेछन्। कार्यविधिमा स्तन, पाठेघर, रगत, फोक्सोलगायत १३ थरीको क्यान्सरका बिरामीले जुन अस्पतालमा गए पनि एक लाखबराबरको एकै खालको उपचार सेवा पाउने उल्लेख छ। ‘उपचार कार्यविधि लागू भएसँगै गुणस्तरीय र सस्तो औषधि प्रदान गर्नुका साथै सबै बिरामीलाई एकै प्रकारको उपचार सेवा दिनुपर्ने स्पष्ट व्याख्या गरिएको छ,’ तिंकरीले भने, ‘आफूखुसी बिरामीलाई उपचार गर्दा अत्यधिक महँगो पर्न गयो। क्यान्सरका बिरामीको उपचारमा १० हजार लाग्ने ठाउँमा ५० हजारसम्म लिएको पाएपछि कार्यविधिको आवश्यक परेको हो।’ उनले उपचारका नाममा हुने ब्रह्मलुट रोक्न क्यान्सर उपचार कार्यविधि अभिन्न अंग भएको जिकिर पनि गरे।

नागरिकको स्वास्थ्य अधिकारका लागि : गगन थापा

क्यान्सर उपचारका क्रममा अस्पतालहरूमा आफूखुसी शुल्क लिने र महँगा औषधि चलाउने गरेको गुनासो आएपछि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सर उपचारका विषयमा अध्ययन गरेका थिए। लामो समयको अध्ययन अनुसन्धानले क्यान्सरका बिरामीको उपचार चिकित्सक र अस्पतालपिच्छे फरक–फरक पाइएपछि एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि ल्याइएको थियो। थापाले भने, ‘क्यान्सरका बिरामीहरूले सामान्य उपचार गराउँदा पनि महँगो रकम असुल्ने गरेको पाइयो। यसले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार हनन हुने भएपछि मैले उपचारमा भएको मनपरी रोक्न क्यान्सर उपचार कार्यविधि ल्याएको हुँ।’ अस्पताल र चिकित्सकले मनलाग्दी औषधि र रेडियोथेरापी लिन लगाउँदा सरकारले उपलब्ध गराउँदै आएको एक लाख रुपैयाँले कुनै काम नगरेको उनले बताए। उनले क्यान्सर उपचार कार्यविधि लागू भएसँगै अब सरकारले उपलब्ध गराउने एक लाखमा ८० प्रतिशत उपचार हुने तर्क गरे। नयाँपत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद