अब अस्पताल र डाक्टरले आफूखुसी क्यान्सर औषधि चलाउन निषेध

Medicine-768x465काठमाडौँ, २३ कात्तिक । क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ। उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो।केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ। विभागका निर्देशक डा. भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन तयार गरेको क्यान्सर उपचार कार्यविधि पठाइएको बताए। उनका अनुसार उक्त कार्यविधिले गरिब, विपन्न वर्गका बिरामीलाई ठूलो राहत पुग्नेछ। अब क्यान्सरका बिरामीको उपचार गर्दा चिकित्सकहरूले आफूअनुकूल औषधि चलाउन पाउनेछैनन्। तिंकरीले भने, ‘स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि लागू भएसँगै बिरामीले सस्तोमा एकै प्रकारको उपचार सेवा पाउनेछन्।’

सुरुमै रेडियोथेरापी लिनुनपर्ने

तिंकरीका अनुसार अब क्यान्सर उपचार हुने सबै अस्पतालमा बिरामीले विगतमा जस्तो एकैपटक महँगो शल्यक्रिया, औषधि र रेडियोथेरापी लिनुपर्दैन। बिरामीले जुन अस्पताल गए पनि एकै प्रकारको क्यान्सर रोगको उपचार पाउनेछन्। कार्यविधिमा स्तन, पाठेघर, रगत, फोक्सोलगायत १३ थरीको क्यान्सरका बिरामीले जुन अस्पतालमा गए पनि एक लाखबराबरको एकै खालको उपचार सेवा पाउने उल्लेख छ। ‘उपचार कार्यविधि लागू भएसँगै गुणस्तरीय र सस्तो औषधि प्रदान गर्नुका साथै सबै बिरामीलाई एकै प्रकारको उपचार सेवा दिनुपर्ने स्पष्ट व्याख्या गरिएको छ,’ तिंकरीले भने, ‘आफूखुसी बिरामीलाई उपचार गर्दा अत्यधिक महँगो पर्न गयो। क्यान्सरका बिरामीको उपचारमा १० हजार लाग्ने ठाउँमा ५० हजारसम्म लिएको पाएपछि कार्यविधिको आवश्यक परेको हो।’ उनले उपचारका नाममा हुने ब्रह्मलुट रोक्न क्यान्सर उपचार कार्यविधि अभिन्न अंग भएको जिकिर पनि गरे।

नागरिकको स्वास्थ्य अधिकारका लागि : गगन थापा

क्यान्सर उपचारका क्रममा अस्पतालहरूमा आफूखुसी शुल्क लिने र महँगा औषधि चलाउने गरेको गुनासो आएपछि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सर उपचारका विषयमा अध्ययन गरेका थिए। लामो समयको अध्ययन अनुसन्धानले क्यान्सरका बिरामीको उपचार चिकित्सक र अस्पतालपिच्छे फरक–फरक पाइएपछि एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि ल्याइएको थियो। थापाले भने, ‘क्यान्सरका बिरामीहरूले सामान्य उपचार गराउँदा पनि महँगो रकम असुल्ने गरेको पाइयो। यसले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार हनन हुने भएपछि मैले उपचारमा भएको मनपरी रोक्न क्यान्सर उपचार कार्यविधि ल्याएको हुँ।’ अस्पताल र चिकित्सकले मनलाग्दी औषधि र रेडियोथेरापी लिन लगाउँदा सरकारले उपलब्ध गराउँदै आएको एक लाख रुपैयाँले कुनै काम नगरेको उनले बताए। उनले क्यान्सर उपचार कार्यविधि लागू भएसँगै अब सरकारले उपलब्ध गराउने एक लाखमा ८० प्रतिशत उपचार हुने तर्क गरे। नयाँपत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि