रानी पद्यमावतीको विषयमा बनेको चलचित्र ‘पद्यमावती’को विरोधको दायरा बढेको छ । पछिल्लो पटक सियासी पार्टीले समेत चलचित्र चल्न नदिने धम्कि दिएको छ । जैन मुनीले चलचित्रको औचित्यमाथि पहिल्यैदेखि प्रश्न उठाउँदै आएको छ ।

जैन मुनीले चलचित्रका निर्देशक सञ्जयलीला भन्साली र नायिका दीपिका पादुकोणप्रति इंगीत गर्दै चलचित्र प्रदर्शनमा रोक लगाउने धम्की दिएको छ । जैन मुनिले निर्देशक भन्सालीका विषयमा तल्लो स्तरको टिप्पणी गर्दै भनेका छन्-‘भन्साली कच्छबाट भागेर मुम्बइमा शरण लिएका एक निर्माता/निर्देशक हुन् ।’ जैनमुनीले एक भिडियो पोष्ट गर्दै भनेको छ- ‘फिल्म बनाउ, पैसा कमाउ हाम्रो सरोकारको विषय होइन तर, हिन्दु समाजको अपमान गर्न पाइदैन ।’
जैनमुनी सूर्यसागर महाराजले चलचित्रले हिन्दुका देवी देवताको अपमान गरेको टिप्पणी गरेका छन् । अहिलेसम्म चलचित्र रिलिज नभएकाले फिल्ममा के छ निर्देशक बाहेकलाई थाह छैन तर, धेरैले अनुमानकै भरमा निर्देशक भन्सालीको आलोचना गरेका छन् । रानी पद्यमावतीको चरित्र बङ्ग्याएको भन्दै आलोचना गरिएको छ ।
भन्सालीले बनाएको मध्ये सबै भन्दा धेरै विवादमा आएको चलचित्र यहि नै हो । सुटिङ हुँदै गर्दा हिन्दुवादी एक संगठनले सुटिङ स्पटमै आगो लगाइदिएका थिए ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको