धुलिखेल, २२ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री अर्थात् वस्तु विनिमयको साधनजस्तो नबनाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।
‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको धुलिखेलमा मङ्गलबार शुभारम्भ गर्दै उहाँले जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व भएको स्पष्ट गर्नुभयो । प्रमुख आयुक्त यादवले जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको जानकारी दिनुभयो ।
टे«ड युनियनको दबाबमा कसैलाई पनि चुनावमा नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिँदै डा. यादवले निर्वाचनमा गलत कार्य गर्ने जोसुकैलाई पनि कारबाही गर्नेचेतावनी दिनुभयो ।
सहरबजार र सार्वजनिक स्थलमा फोहोर नगर्न उम्मेदवारलाई आग्रह गर्दै उहाँले त्यस्तो कार्य भएमा सुरक्षाकर्मीलाई पनि टुलुटुलु हेरेर नबसी कारबाही गर्न निर्देशन दिनुभयो । प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको बताउनुभयो ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय दायित्व, सङ्कल्प र लक्ष्य भएकाले निर्वाचन अभियान सफल पार्न सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
दुवै चरणको निर्वाचनलाई सफल बनाउन करिब ६० हजार जनशक्तिलाई प्रशिक्षण दिइने जानकारी दिँदै प्रवक्ता ढकालले मतदान केन्द्रको बनावट, मतदातालाई दिनुपर्ने सुविधा तथा फरक क्षमता भएका मतदातालाई पु¥याउनुपर्ने सेवाका विषयमा तल्लो तहसम्म राम्रो सञ्चार प्रवाह गर्न प्रशिक्षकलाई निर्देशन दिनुभयो ।
प्रशिक्षणमा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा र जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले निर्वाचनको तयारीका विषयमा जानकारी दिनुभयो । क्षेत्रीय स्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यस जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिनेछन् ।
समन्वय र परामर्श गर्न निर्देशन
यसैगरी प्रमुख निर्वाचन आयुक्त डा. यादवले मङ्गलबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको आकस्मिक अनुगमन
गर्नुभएको छ ।
मङ्सिर १० गते हुने निर्वाचनको तयारी अवस्थाबारे जानकारी लिन चौतारा पुग्नुभएका प्रमुख आयुक्त डा. यादवले जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्की, मुख्य निर्वाचन अधिकृत दीपक खनाल र प्रमुख जिल्ला अधिकारी आशमान तामाङसँग निर्वाचनको तयारी, सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन र मतदान सामग्री लगायतका विषयमा जानकारी लिनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालयमा उपस्थित कर्मचारीलाई निर्देशन दिँदै उम्मेदवारलाई आचारसंहिता पालना गर्नका लागि प्रोत्साहित गर्न सुझाव दिनुभयो । मतपेटिका सङ्कलन गर्दा होशियारी अपनाउन र कसैले प्रश्न उठाउने अवस्था सिर्जना गर्नतर्फ सजग रहन निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारसँग राम्रो समन्वय र परामर्श गरी निर्वाचनको उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
चैतारामा आयोजित पत्रकार सम्मेलनमा उहाँले मतदाता शिक्षा कार्यक्रम कात्तिक २५ गतेबाट सुरु हुने र निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको बताउनुभयो । दलहरूले निर्वाचनको स्वामित्व ग्रहण गरिसकेकाले निर्वाचन प्रचारप्रसार तथा मतगणना जस्ता कार्य पनि शान्तिपूर्ण रूपमा हुने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्रमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित