डा. यादवको मत खरिद बिक्री नगर्न चेतावनी

Ayodhi-Yadav-nirbachan-ayukta-talkधुलिखेल,  २२ कात्तिक ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री अर्थात् वस्तु विनिमयको साधनजस्तो नबनाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।
‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको धुलिखेलमा मङ्गलबार शुभारम्भ गर्दै उहाँले जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व भएको स्पष्ट गर्नुभयो ।  प्रमुख आयुक्त यादवले जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको जानकारी दिनुभयो ।
टे«ड युनियनको दबाबमा कसैलाई पनि चुनावमा नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिँदै डा. यादवले निर्वाचनमा गलत कार्य गर्ने जोसुकैलाई पनि कारबाही गर्नेचेतावनी दिनुभयो ।

सहरबजार र सार्वजनिक स्थलमा फोहोर नगर्न उम्मेदवारलाई आग्रह गर्दै उहाँले त्यस्तो कार्य भएमा सुरक्षाकर्मीलाई पनि टुलुटुलु हेरेर नबसी कारबाही गर्न निर्देशन दिनुभयो ।  प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको बताउनुभयो ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय दायित्व, सङ्कल्प र लक्ष्य भएकाले निर्वाचन अभियान सफल पार्न सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
दुवै चरणको निर्वाचनलाई सफल बनाउन करिब ६० हजार जनशक्तिलाई प्रशिक्षण दिइने जानकारी दिँदै प्रवक्ता ढकालले मतदान केन्द्रको बनावट, मतदातालाई दिनुपर्ने सुविधा तथा फरक क्षमता भएका मतदातालाई पु¥याउनुपर्ने सेवाका विषयमा तल्लो तहसम्म राम्रो सञ्चार प्रवाह गर्न प्रशिक्षकलाई निर्देशन दिनुभयो ।
प्रशिक्षणमा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा र जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले निर्वाचनको तयारीका विषयमा जानकारी दिनुभयो ।  क्षेत्रीय स्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यस जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिनेछन् ।
समन्वय र परामर्श गर्न निर्देशन
यसैगरी प्रमुख निर्वाचन आयुक्त डा. यादवले मङ्गलबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको आकस्मिक अनुगमन
गर्नुभएको छ ।
मङ्सिर १० गते हुने निर्वाचनको तयारी अवस्थाबारे जानकारी लिन चौतारा पुग्नुभएका प्रमुख आयुक्त डा. यादवले जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्की, मुख्य निर्वाचन अधिकृत दीपक खनाल र प्रमुख जिल्ला अधिकारी आशमान तामाङसँग निर्वाचनको तयारी, सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन र मतदान सामग्री लगायतका विषयमा जानकारी लिनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालयमा उपस्थित कर्मचारीलाई निर्देशन दिँदै उम्मेदवारलाई आचारसंहिता पालना गर्नका लागि प्रोत्साहित गर्न सुझाव दिनुभयो ।  मतपेटिका सङ्कलन गर्दा होशियारी अपनाउन र कसैले प्रश्न उठाउने अवस्था सिर्जना गर्नतर्फ सजग रहन निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारसँग राम्रो समन्वय र परामर्श गरी निर्वाचनको उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
चैतारामा आयोजित पत्रकार सम्मेलनमा उहाँले मतदाता शिक्षा कार्यक्रम कात्तिक २५ गतेबाट सुरु हुने र निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको बताउनुभयो ।  दलहरूले निर्वाचनको स्वामित्व ग्रहण गरिसकेकाले निर्वाचन प्रचारप्रसार तथा मतगणना जस्ता कार्य पनि शान्तिपूर्ण रूपमा हुने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०