November 5, 2017

अछामको नयाँ शक्ति एमालेमा समाहित

१९ कात्तिक, अछाम । नयाँ शक्ति नेपाल अछाम कार्यसमिति आइतबारबाट नेकपा (एमाले) अछाममा समाहित भएको छ ।

नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य शंकर भण्डारी, जिल्ला संयोजक तीर्थ ढकाल सहित नयाँ शक्ति नेपालका २ सय १६ जना सहित एमालेमा प्रवेश गरेका हुन् ।प्रतिनिधिसभा अछाम-२ बाट उम्मेद्वारी फिर्ता गरेर ढकाल एमालेमा प्रवेश गरेका हुन् । भण्डारीले भने- ‘एमालेको राष्ट्रिय, एकता र नीतिले देशलाई सार्वभौम र एकतामा जोड दिई समृद्ध बनाउने ठोस योजना छ ।’

नयाँ शक्तिका विदेश विभाग संयोजक रहेका भण्डारीले आगामी दिनमा एमालेमै आफ्नो उर्जावान समय विताउने भनाइ राखे । प्रवेसीहरुलाई एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले टिका र माला लगाएर स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि