सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिसc

simhadurbar_pyxBAJ5INwकाठमाडौं, १८ कात्तिक । राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको पोसाक नलगाउने र समयमा कार्यालय नआउने पाँच सय २१ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । सतर्कताले सिंहदरबारभित्र बिहीबार छड्के निरीक्षण गर्दा सहसचिव, उपसचिव र अन्य विभिन्न तहका पाँच सय २१ कर्मचारीले कार्यालयमा उपस्थित हुनुपर्ने समय र लगाउनुपर्ने पोसाक प्रयोग नगरेको पाइएको थियो । सतर्कताले कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ ।

छड्के निरीक्षणका क्रममा कार्यालय समयभन्दा ढिला र कार्यालय पोसाक नलगाई आउने कर्मचारीहरूमा १८ जना सहसचिव रहेका छन् । उनीहरूमध्ये अर्थ मन्त्रालय, कृषि विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सहसचिवहरू छन् । सतर्कता केन्द्रले ती सहसचिवलाई विभागीय कारबाही गरी हाजिर कट्टा गरी गयल गर्न निर्देशन दिएको छ ।

४५ जना उपसचिवहरू पनि तोकिएको समय र पोसाक पालना नगरेको अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि सतर्कताले सहसचिवसरह कारबाही गर्ने व्यहोराको पत्र पठाएको छ । छड्केमा परी कारबाहीका भागिदार बनेका पाँच सय २१ कर्मचारीमध्ये बाँकी कर्मचारी अधिकृत, नासु र खरिदार तहका कर्मचारी रहेका छन् ।

अराजकता बढेपछि छड्के
सतर्कताले समयमा कार्यालय पुग्ने र कर्मचारी पोसाक लगाउने सन्दर्भमा कर्मचारीमा अराजकता बढेपछि छड्के गरेको जनाएको छ । ‘पछिल्लो समय सिंहदरबारभित्र कर्मचारी ढिलो गरी कार्यालय आउने र कार्यालयको पोसाकसमेत नलगाउने गरेको उजुरी आएका थिए,’ सतर्कता केन्द्रका प्रवक्ता विष्णुप्रसाद लामिछानेले भने, ‘त्यसै आधारमा बिहीबार छड्के गर्दा पाँच सय २१ कर्मचारीले नियम उल्लंघन गरेको पाइयो ।’ उनले सिंहदरबार प्रवेश गर्ने चारवटै ढोकामा बसेर एकैसाथ निरीक्षण गरेको बताए । निरीक्षणमा सतर्कताका २० जना कर्मचारी परिचालित भएका थिए ।

जिल्लाबाहिर पनि छड्के
सतर्कताले सिंहदरबारपरिसरका कार्यालयहरूमा पनि छड्के अभियान चलाउने जनाएको छ । उपत्यकामा सिंहदरबारबाहिरका र विभिन्न जिल्लामा समेत छड्के अभियान चलाउने तयारी भएको लामिछानेले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित