आयोगलाई फेरि डाकियो सर्वोच्चमा: निर्वाचन रोक्नुपर्ने मैनालीको रिट

supreme-court-of-nepal-2काठमाडौँ, १६ कात्तिक ।  कर्मचारी, प्रहरी र सेनालाई पनि मतदानमा भाग लिन दिनुपर्ने मागसहित दायर एक रिटमा सर्वोच्च अदालतले बुधबार निर्वाचन आयोगलाई छलफलमा डाकेको छ । उक्त विवादमा छलफलका लागि आयोगलाई कात्तिक १९ गते सर्वोच्चमा उपस्थित हुन आदेश भएको  छ ।

मंसिर १० र २१ गतेको निर्वाचनमा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक प्रणालीमा मतदान गर्न दिनुपर्ने र मतदानको सुनिश्चितता नभएसम्मका लागि निर्वाचन रोक्नुपर्ने माग राखेर महान्यायाधिवक्ता कार्यालयका कर्मचारी भरतकुमार मैनालीले सोमबार रिट दिएका थिए।

चुनावका लागि ९८ हजार तीन सय ३८ म्यादी प्रहरी, दुई लाख २० हजार कर्मचारी र एक लाख ७३ हजार ८ सय ८५ सुरक्षाकर्मी खटिनेछन् । रिटको सुनुवाइपछि सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले मताधिकार विवादमा आयोग र रिट निवेदक मैनालीलाई छलफलमा झिकाएको हो । ‘आयोगलाई अन्तरिम आदेशबारे छलफलमा उपस्थित हुन कात्तिक १९ गते सर्वोच्चमा झिकाएको छ’, सर्वोच्चका सहायकप्रवक्ता नगेन्द्र कालाखेतीले भने ।

सर्वोच्चले ‘दुवै पक्ष राखी छलफल गर्नुपर्ने आवश्यक देखिएको’ आदेशमा उल्लेख छ । त्यसदिन छलफलपछि कर्मचारी र सुरक्षाकर्मीलाई मतदानमा भाग लिन दिने वा नदिने विषयको टुंगो लाग्नेछ । उक्त विवादमा सर्वोच्चले आयोगसँग लिखित जवाफसमेत माग गरेको छ ।

यसैगरी, समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न माग राखेर दायर भएको अर्को रिटमा पनि न्यायाधीश भट्टराईको इजलासबाट लिखित जवाफ पेस गर्न आदेश भएको छ ।

समानुपातिकतर्फ छापिएका सबै मतपत्र रद्द गरी भिन्नाभिन्नै छपाइ हुनुपर्ने माग गर्दै अधिवक्ता सीताराम अग्रवालले रिट दिएका हुन् । अन्नपुर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर