कात्तिक १५ : एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच सहमति जुटेको हो ।
सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारका लागि दलको बैठक मंगलबार रातिसम्म बसेको थियो । झापा, चितवन, दाङ्ग, सल्यान, दैलेख र उदयपुरको सिट विभाजनमा समस्या देखिएको थियो । प्रतिनिधिसभाका १२८ र प्रदेशका २५६ सिटमा आगामी मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुँदैछ ।
चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार हुने भएका छन् । सोही क्षेत्रमा दावी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापालाई काठमाडौं–१० बाट उठाउने सहमति भएको छ ।
उक्त क्षेत्रबाट यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेका थिए । पहिलो संविधानसभा चुनावमा दाहालले उक्त क्षेत्रबाट जितेका थिए ।
पछिल्लो संविधानसभामा भने कांग्रेसका नेता राजन केसीसँग हारेका थिए । उक्त क्षेत्रमा एमालेबाट प्रस्तावित नेता सुरेन्द्र मानन्धरको नाम भने समानुपातिकमा परेको छ । उनी यसअघि पनि दाहालसँग प्रतिस्पर्धा गरेका थिए । यो खबर आजको कान्तिपुरमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित