राप्रपा महामन्त्री -कांग्रेस-राप्रपा सम्बन्ध चिसियो

krishna-sitaulaकाठमाडौँ,  १४ कात्तिक ।  कांग्रेसका प्रभावशाली नेता कृष्ण  सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ ।

मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रयानीति तय भएको थियो ।

सहकार्यअन्तर्गत प्रतिनिधिसभातर्फ मकवानपुर १ मा राप्रपा अध्यक्ष कमल थापा र झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई छोड्ने सहमति भएको थियो ।

कांग्रेसले समानुपातिक सूचीमा रहेको सिटौलाको नाम अघिल्लो दिन फिर्ता गरी सोमबार झापा ३ बाट प्रतक्ष्यतर्फ उठाउने बताएपछि राप्रपा झस्किएको छ ।

कांग्रेसको यो कार्यलाई राप्रपा नेता लिङदेनले देशभरि नै कांग्रेसको चुनावी सहकार्य भाँडिने संकोत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,
‘भ्रममा नपारौं झापा क्षेत्र नम्बर ३ बाट मेरो उम्मेदवारी कायम रहन्छ, कुरा यत्ति हो एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो ।’  नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि