भक्तपुर, १० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लामो समय पार्टीलाई योगदान पु¥याएका व्यक्तिको मूल्याङ्कनका आधारमा टिकट वितरण गर्न नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ताले माग गरेका छन् ।
पार्टीको सङ्गठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याङ्कन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याङ्कन हुनुपर्ने माग उनीहरूले गरेका हुन् ।
भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिसमा पर्नुभएका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नगर र क्षेत्रीय कमिटीबाट आएका सिफारिसमा जिल्ला समितिले आकाङ्क्षीको नाम थप गरेर सिफारिस गरे पनि पार्टीले सही व्यक्तिको छनोट र मूल्याङ्कन गरेर मात्रै टिकट वितरण गर्नुपर्ने बताउनुभयो ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली काँग्रेसका युवानेता विनोद कायस्थले योगदानका आधारमा पार्टीले टिकट वितरण गर्नुपर्ने माग गर्नुभयो । भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिसमा पर्नुभएका उहाँले भन्नुभयो, “पार्टीमै जीवन अर्पण गरेका, यसअघि अवसर नपाएका र पार्टीमा पु¥याएको योगदानको कदर गर्दै यसपटकको निर्वाचनमा पार्टीले टिकट वितरण गर्नुपर्छ, त्यसमा हामी विश्वस्त छौँ ।”
नेपाली काँग्रेस र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टिकटको सिफारिसमा परेका व्यक्ति शीर्षस्थ नेताको घर र पार्टी कार्यालयमा टिकट हात पार्न धौडधुप गर्ने क्रम बढेपछि नेताको योगदानका आधारमा टिकट वितरण गर्न माग गरिएको हो ।
सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश नं. २ सूर्यविनायकका उम्मेदवारको सिफारिसमा पर्नुभएका नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा हुने टिकट वितरणमा राम्रा, जनतामाझ चिरपरिचित र पार्टीमा योगदान पु¥याएकाले टिकट पाएमा चुनाव जित्न गाह्रो नहुने बताउनुभयो ।
निर्वाचन क्षेत्र नं. २ का मध्यपुरथिमिका प्रदेशसभाका लागि उम्मेदवारको सिफारिसमा पर्नुभएका युवानेता सन्तोष भट्टराईले पार्टीले यसपटक नेतृत्व सम्हाल्दै आएका नयाँ पुस्तालाई मौका दिनुपर्ने बताउनुभयो । पटक पटक अवसर पाएकालाई भन्दा पनि अवसर नपाएका युवाको छनोट पार्टीले गर्न सके सहजै चुनाव जित्न सकिने उहाँले प्रतिक्रिया दिनुभयो ।
यता नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले पनि टिकट वितरणमा पार्टीले सही व्यक्तिको छनोट गर्नुपर्नेमा जोड दिएका छन् । विशेषगरी एमालेको क्षेत्र नं. १ र २ को प्रतिनिधिसभा र चारवटै प्रदेशमा सर्वसम्मत रूपमा उम्मेदवारको सिफारिस गरे पनि प्रदेश नं. २ मा भने प्रदेशसभातर्फ भएको उम्मेदवार सिफारिसको विवादले एमालेमा तरङ्ग पैदा गरेको छ ।
गाउँ, नगर र क्षेत्रले सर्वसम्मत रूपमा पार्टीका पुराना नेता शशीजङ्ग थापाको नाम सिफारिस गरेको र जिल्ला कमिटी बैठकमा समेत बहुमतले थापाको नाम सिफारिस गरे पनि पार्टी अध्यक्ष राजेन्द्र राजथलाले थापाको नाम काटेर आफ्नो मात्रै नाम पठाएपछि भएको विवादले एमालेभित्र तरङ्ग पैदा गरेको हो । पार्टी बैठकमा थापा र राजथला दुवैको नाम सिफारिस गरे पनि अध्यक्षले नियमविपरीत नाम काटेपछि थापाले न्यायको माग गर्दै प्रदेश कमिटी र केन्द्रीय तहसम्म निवेदन दिनुभएको छ ।
थापा र राजथलामध्ये कसलाई टिकट दिने भन्नेबारेमा पार्टी अध्यक्ष ओलीसमेत अलमलमा परेको र सही व्यक्तिलाई टिकट नदिए अध्यक्षकै क्षेत्रमा चुनाव जित्न निकै सङ्कट भोग्नुपर्ने भन्दै एमाले नेता तथा कार्यकर्ताले योगदान एवं अवसरबाट वञ्चित भएका र जनताले रुचाएका व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन् ।
सूर्यविनायकमा भएको पत्रकार सम्मेलनमा युवानेता महेश बस्नेतले जेजस्तो गरी नाम सिफारिस भए पनि अन्त्यमा सही व्यक्तिले टिकट पाउने प्रतिक्रिया दिनुभयो । निर्वाचन नजिकिँदै गर्दा चुनावी चहल पहल बढेको बेलामा नेपाली काँग्रेस र एमालेका नेता तथा कार्यकर्ताले भने जातिगत विषयलाई पनि मिलाएर लैजानुपर्ने माग गरेका छन् । गोरखापत्रमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि