काँग्रेसका शीर्ष नेताको उम्मेदवारी तय

congressकाठमाडौँ,  १०  कात्तिक ।  नेपाली काँग्रेसले मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका शीर्ष २२ जना नेताको निर्वाचन क्षेत्र टुङ्गो लगाएको छ ।  नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको नेपाली काँग्रेस संसदीय समितिको बैठकले उम्मेदवारहरू टुङ्गो लगाएको जानकारी काँग्रेसको निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताउनुभयो ।
पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवा डडेल्धुरा क्षेत्र नं. १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ जिल्लाको क्षेत्र नं. १, पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १, महामन्त्री डा. शशाङ्क कोइराला नवलपरासीको (नवलपुर) जिल्लाको क्षेत्र १, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जाको क्षेत्र २, उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी ३, पार्टीका नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३ बाट उम्मदवार हुनुहुने भएको छ ।
यसैगरी केन्द्रीय सदस्य महेश आचार्य मोरङ क्षेत्र नं. ४, अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल मोरङकै क्षेत्र नं. २, केन्द्रीय सदस्य डा. शेखर कोइराला मोरङको क्षेत्र नं. ६ बाट उम्मेदवार हुनुहुने भएको जानकारी पनि संयोजक खाँडले दिनुभयो ।
यसैगरी नेताहरू डा. प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं. ५, एनपी साउद कञ्चनपुर क्षेत्र नं. २, रमेश लेखक कञ्चनपुर क्षेत्र नं. ३, डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १, उदयपुरकै क्षेत्र नं. २ मा नारायण कार्की, बाराको क्षेत्र नं. ३ मा फरमुल्लाह मन्सुर, पर्साको क्षेत्र नं. ४ मा रमेश रिजाल, सुर्खेत क्षेत्र नं. १ मा पूर्णबहादुर खड्का र सुनसरी क्षेत्र नं. ४ मा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्नुहुने भएको छ ।
यसैगरी नेताहरू गगनकुमार थापा काठमाडौँ–४, अर्जुनप्रसाद जोशी पर्वत–१, नवीन्द्रराज जोशी काठमाडौँ–८ बाट उम्मेदवार बन्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद