जिम्मेवारीका विषयमा मन्त्री-राज्यमन्त्रीवीच विवाद

काठमाडौँ, ९ कात्तिक । वन मन्त्रालयमा मन्त्री विक्रम पाण्डे र राज्यमन्त्री कमलादेवी शर्माबीच जिम्मेवारी बाँडफाँटको विषयमा विवाद भएको छ । दुवै नेता राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका हुन् ।

 राज्यमन्त्री शर्मा आफूलाई विगतका राज्यमन्त्रीलाई जस्तो हैसियतअनुसारको जिम्मेवारी नदिइएको भन्दै राज्यमन्त्री शर्मा मन्त्री पाण्डेसँग असन्तुष्ट छिन् । ‘दुई/तीनपटक जिम्मेवारी चाहियो भनेर मन्त्रीज्यूसँग भनेकी हुँ,’ राज्यमन्त्री शर्माले कान्तिपुरसँग भनिन्, ‘विगतका राज्यमन्त्रीले पाएजस्तो हैसियतअनुसारको जिम्मेवारी मैले पाएकी छैन, पाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

वन मन्त्रालयमा वन, राष्ट्रिय निकुञ्ज, वनस्पति, भूसंरक्षण र वन अनुसन्धान गरी ५ वटा विभाग छन् । यी विभागबाहेक वैदेशिक सहयोग भित्रिने ‘रेड कार्यान्वयन केन्द्र’, काठ बिक्रीमा चलखेल हुने टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन), जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, वन पैदावार विकास समिति, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लगायत वनअन्तर्गत पर्छन् ।

तीमध्ये हैसियतवाला र शक्तिशाली मानिने वन, निकुञ्ज र भूसंरक्षण विभागका साथै चलखेल गर्न पाइने निकाय सबै मन्त्री पाण्डेले आफूले राखेर राज्यमन्त्रीलाई ‘कामचलाउ’ विभागको मात्र जिम्मेवारी दिएको राज्यमन्त्री निकट स्रोतले बतायो । विगतमा मन्त्री र राज्यमन्त्रीले ५ वटा विभाग बाँडफाँट गर्दै काम गर्ने गरेको स्रोतको भनाइ छ ।

यसपटक राज्यमन्त्रीलाई वनस्पति र वन अनुसन्धान विभाग हेर्ने जिम्मेवारी दिइएको छ । दुवै विभाग तुलनात्मक रूपमा कम प्रभाव र काठमाडौं बाहिर ‘कनेक्सन’ कम रहने खालका हुन् । तिनै विभागसँग सम्बन्धित निर्णय पनि मन्त्रीसँग राय लिएर मात्र गर्नुपर्ने व्यवस्थाप्रति राज्यमन्त्रीको मुख्य असन्तुष्टि हो । ‘राज्यमन्त्रीलाई कुनै काम गर्नै नसक्ने खालको जिम्मेवारी दिइएको छ,’ राज्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘मन्त्रीज्यूसँग राय लिएर मात्र केही गर्नुपर्ने व्यवस्थाप्रति राज्यमन्त्रीज्यूको मुख्य असन्तुष्टि छ ।’

यसअघिका वनमन्त्रीले दिनेजस्तो जिम्मेवारी राज्यमन्त्रीलाई नदिएको हुँदा पाण्डे र शर्माबीच असन्तुष्टि बढेको वन स्रोतले कान्तिपुरलाई बतायो । पाण्डेभन्दा अघिका वनमन्त्री शंकर भण्डारीले तत्कालीन राज्यमन्त्री दीर्घराज भाटलाई भूसंरक्षण विभागसहित वनस्पति विभाग, रेड कार्यान्वयन केन्द्र, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलगायत हेर्ने गरी अधिकार प्रत्यायोजन गरेका थिए । त्यसअघिका वनमन्त्रीले पनि सम्मानजनक जिम्मेवारी दिने गरेको आधार पेस गर्दै राज्यमन्त्री शर्माले पाण्डेसँग जिम्मेवारी मागेको उनको सचिवालयले जनाएको छ । मन्त्री पाण्डेका स्वकीय सचिव प्रेम बलायरले भने राज्यमन्त्रीले पाउनुपर्ने जिम्मेवारी पाएको दाबी गरे ।

मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख ज्ञानेन्द्र पौडेलले पनि मन्त्रीले राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन गरेको बताए । ‘अरू मन्त्रीले राज्यमन्त्रीलाई काम दिएजस्तो लाग्दैन,’ उनले भने, ‘हाम्रो मन्त्रीले यो यो काम गर्नुहोला भनेर लेखेरै दिनुभएको छ ।’ राज्यमन्त्री शर्माले तत्कालीन वनमन्त्री मुहम्मद वकिल मुसलमानको स्वकीय सचिव रहेका शिव अर्याललाई नै त्यही जिम्मेवारी दिएकी छन् ।

मन्त्रालयका अधिकारीले तिनै अर्यालले जिम्मेवारीका विषयमा ‘राज्यमन्त्रीलाई अनावश्यक उचालेको’ हुन सक्ने बताए । अर्यालले भने आफू राज्यमन्त्री शर्माको सहयोगी मात्र भएको बताउने गरेका छन् । कान्तिपुरमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद