२ कात्तिक, काठमाडौं : आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने काम हुँदैछ । विद्युत् प्राधिकरण भने वर्षमै सबैभन्दा बढी बिजुलीको माग हुने भएकाले आज कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न विभिन्न कामको चटारोमा व्यस्त छ ।

मध्यान्ह भक्तपुर सबस्टेशनमा समस्या अाएको खबर पाएपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आफैं त्यहाँ पुगेर मर्मतको काम गराइरहेका छन् । आजका लागि प्राधिकरणको एउटै लक्ष्य छ- बिजुली जोडिएका कुनैपनि घरमा बत्ती ननिभाउने ।
त्यसैअनुसार प्राधिकरणले आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको छ । अपरान्हसम्म सबै व्यवस्थापकीय काम सकेर प्राधिकरण बेलुकीको प्रतिक्षामा रहनेछ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हालसालै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत गरिएको छ ।
कुनै स्थानमा समस्या आउने बित्तिकै आधा घन्टाभित्रै सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको ‘प्रोम्प्ट सप्लाई रेसपोन्स टिम’ (पीएसआरटी) पनि तयारी अवस्थामा छ । यो टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।
लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा ३ सय ५० देखि ३ सय ६० मेगावाटसम्म बिजुलीको माग हुने प्राधिकरणको पूर्वानुमान छ । समस्या नआओस् भनेर प्राधिकरणले यस क्षेत्रका सबै सबस्टेसनको मर्मत पनि गरिसकेको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन