सिट बाँडफाँड टुंगियो, एमालेलाई ९९, माओवादी ५६ सिट

oli-prachanda_ySJT7L5GDY-1070x496

काठमाडौं । एमाले – माओवादी गठबन्धनले निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याएको छ । बुधबार राती अबेरसम्म बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को निर्वाचन क्षेत्र बाँडफाँटसम्बन्धी कार्यदलले सिट बाँडफाँड टुंग्याएको हो ।

सहमति अनुसार एमालेले ६० प्रतिशत र माओवादी केन्द्रले ४० प्रतिशत क्षेत्रमा उम्मेदवार उठाउने छन् । दुवै पार्टीले आज बैठक बसि कार्यदलको प्रस्तावलाई अन्तिम निर्णय गर्ने जनाएका छन् ।

निर्णयका लागि नेकपा एमाले स्थायी समिति बैठक अहिले विहान देखि काठमाडौँको गोकर्ण रिसोर्टमा बस्ने प्रचार विभाग सचिव विष्णु रीजालले जनाएका छन् । माओवादी केन्द्रले पनि आजै बैठक बसेर कार्यदलले टुंग्याएको विषयमा अन्तिम निर्णय लिने नेताहरुले जनाएका छन् ।

प्रतिनिधिसभामा एमालेलाई ९९, माओवादी ५६ सिट
प्रतिनिधिसभामा प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये कार्यदलले एमालेले ९९ र माओवादी केन्द्रले ५६ सिट लिने गरी मोटामोटी समझदारी बनेकाे छ । ४० प्रतिशत अनुपातअनुसार माओवादी केन्द्रले ६६ सिट पाउनुपर्ने भए पनि कम प्रभाव रहेको क्षेत्रमा जित सुनिश्चित नहुने र बाँकी १० सिट गठबन्धनमा आएका राजमो, माले र हृदयेश त्रिपाठीको समूहलाई दिने तयारीका कारण कार्यदलले त्यसरी भागबन्डा प्रस्ताव तयार पारेको हो । ‘अरूलाई पनि मिलाउनुपर्ने भएकाले ५६ सिट मात्र पाउने दाबी गरेका हौँ,’ माओवादी नेता बस्नेतले भने । प्रदेश सभा प्रत्यक्षतर्फ तीन सय ३० सिटमध्ये माओवादी केन्द्रले १ सय ३२ सिट दाबी गरेको छ ।

यी जिल्लामा माओवादीको दाबी
माओवादी संगठन प्रदेश नम्बर ६, प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा अन्य प्रदेशभन्दा राम्रो छ । रोल्पा, सल्यान, रुकुम, जाजरकोट, कालिकोट, मुग, जुम्लामा सबै माओवादीले पाउनुपर्ने दाबी गरेको छ । दैलेख र सुर्खेतमा एउटा निर्वाचन क्षेत्र भए पनि पाउनुपर्ने दाबी छ । यस प्रदेशमा माओवादी संगठन बलियो भएकाले धेरै सिट पाउनुपर्ने दबाब दिँदै आएको छ ।

प्रदेश नम्बर २ मा माओवादी संगठन राम्रो भएकाले ६० प्रतिशतभन्दा धेरै उम्मेदवार हुनुपर्ने माओवादी भनाइ छ । प्रदेश नम्बर १, प्रदेश नम्बर ३ र ४ मा माओवादीले धेरै दाबी गरेको छैन । यस्तै, प्रदेश नम्बर ५ र ७ मा सम्मानजनक सिट पाउनुपर्ने दाबी माओवादीको छ । प्रदेशअनुसार एमाले–माओवादी ६०–४० प्रतिशत नभए पनि समग्रमा ६०–४० भए हुने माओवादी तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट