शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत गणेशमानसिंह भवनको दोस्रो तलाको एउटा कोठाको एक छेउ मान्छेको भीडले भरिभराउ छ ।
त्यहि कोठाको अर्को छेउमा डा. गोविन्द केसी सुतिरहेका छन् ।दायाँ हातको नाडीमा ब्यान्डेज कसिएको छ ।बायाँ हातको नाडीमा स्लाइन चढाइएको छ ।अनि माथितिर लेखिएको छ, १३ औं अनशन, नवौं दिन ।
यो दृश्य देशमा भएका विकृति विसंगतिविरुद्ध अनशनरत डा. केसीको अनशन हो ।
शुक्रबार साँझ ६ बजेतिर डा. केसीका शुभेच्छुक उनलाई जन्मदिनको शुभकामना दिन त्यहाँ भेला भएका थिए । आजको नागरिकमा खबर छ ।
असोज २७ गते डा. केसीको जन्मदिन हो । उनी शुक्रबार ६२ बर्षमा प्रवेश गरे ।
जन्मदिन खुशी भएर मनाउनुपर्ने भए पनि हामी भावविह्वल छौं । डा. केसीका एक शुभेच्छुकले भने, हामीलाई त त्यो दिन खुशीको हुनेछ, जुन दिन डा. केसीले राखेका माग पुरा हुनेछन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद