काठमाडौँ, २६ असोज । दलहरूको बीचमा ध्रुवीकरण तथा तालमेल भइरहेको बेला नेपाल सङ्घीय समाजवादी पार्टीले पनि विभिन्न ११ वटा साना दलहरू आफूमा समाहित भएको जनाएको छ ।
रिजवान अन्सारी अध्यक्ष रहेको समाजवादी पार्टीमा नेपाल सङ्घीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किरात जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरि, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्च समाहित भएको जनाइएको छ ।
समाजवादी नेपालले आयोजना गरेको एकीकरण कार्यक्रममा बुधबार अध्यक्ष अन्सारीले आफूहरू तेस्रो वैकल्पिक धारको निर्माणमा लागेको बताउनुभयो । उहाँले नेपाललाई ठूला दलहरूले राजनीतिक प्रयोगशाला बनाएको आरोप लगाउँदै देशमा देखिएको लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दाबी गर्नुभयो ।
नेकपा एमालेबाट गृह राज्यमन्त्री बन्नुभएका अन्सारीलाई मन्त्री पदबाट हटाएपछि उहाँले सो पार्टी छाडेर अशोक राईले गठन गर्नुभएको सङ्घीय समाजवादी पार्टीमा जानुभएको थियो । पछि उहाँले सो पार्टी छाडेर आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गर्नुभएको थियो । एकीकृत पार्टीको नाम ‘नेपाल सङ्घीय समाजवादी पार्टी’ र चुनाव चिह्न बस रहेको छ । पार्टीको झन्डा भने आयताकार सेतोमा रातो रङको तीन तारा रहनेछन् । गोरखापत्रमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि