राप्रपाले सरकारको समर्थन गर्ने

काठमाडौँ,  २४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचन सुनिश्चितताका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाले समर्थन गरेको पत्र सोमबार नै प्रधानमन्त्री देउवालाई बुझाएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार राप्रपाले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई सोमबार नै भेटेर समर्थनको पत्र बुझाएको छ । यसअघि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समर्थनको निर्णय गरेको थियो । राप्रपाले सत्तापक्षका एक घटक दल नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग सहकार्य गर्ने भएपछि राजनीतिक अस्थिरता रोक्न पनि वर्तमान सरकारलाई समर्थन गर्नुपरेको बताएको छ ।
पार्टी प्रचारप्रसार समितिका संयोजक तथा प्रवक्ता सुशीलकुमार श्रेष्ठका अनुसार वर्तमान देउवा सरकार अल्पमतमा पर्न सक्ने खतरा देखेर सरकारलाई समर्थन गरिएको हो । राप्रपाका तर्फबाट सोमबार नै सत्ताको नेतृत्वकर्ता दल काँग्रेसलाई निर्णयबारे औपचारिक जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
राप्रपाले आगामी निर्वाचनमा काँग्रेससहितको प्रजातान्त्रिक शक्तिसँग चुनावी तालमेल गर्ने निर्णय पनि गरेको छ । निर्वाचन तयारीका लागि पार्टीको कार्ययोजना पारित गरिएको बताउँदै प्रवक्ता श्रेष्ठले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको बताउनुभयो ।
अध्यक्ष कमल थापाको नेतृत्वमा गठित परिचालन समितिमा उपाध्यक्ष बुद्धिमान तामाङ, राजीव पराजुली, टङ्क ढकाल, केन्द्रीय कमिटीका पदाधिकारीहरूलाई सदस्य रहने जिम्मेवारी बैठकले तोकेको श्रेष्ठले बताउनुभयो । त्यस्तै, भातृ सङ्गठनका केन्द्रीय अध्यक्षहरू, महामन्त्री जयन्त चन्द, सदस्य सचिव भाष्कर भद्रा, सचिवद्वय राजेश गिरी र भरतप्रसाद पाठक सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
राप्रपाले निर्वाचन परिचालनका लागि आर्थिक समिति, प्रशिक्षण समिति, प्रचारप्रसार समिति, प्रवास परिचालन समिति, बुथ परिचालन समिति, घोषणापत्र तयारी समिति पनि गठन गरेको श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष थापाले सरकारमा सहभागी हुने प्रस्ताव पार्टीलाई आएको जानकारी गराउनुभएको थियो ।
यसैबीच, अध्यक्ष थापाले राप्रपाजस्तो सुकै अवस्थामा पनि आफ्नो नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गराउन आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सँगै जनमत सङ्ग्रहको माग गर्दै पार्टीले आयोजना गरेको दबाबमूलक सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष थापाले निर्वाचनमार्फत जनताको मन जितेर आफ्नो कार्यसूची स्थापित गर्न राप्रपा प्रतिबद्ध रहेको बताउनुभयो ।
राजधानीको वसन्तपुरमा सोमबार ¥यालीपछि आयोजित कार्यक्रममा पार्टीका नेताहरू राजीव पराजुली, विक्रमबहादुर थापा, निरञ्जन थापा, नेपाल सनातन धर्म संस्कृति सङ्गठनका संयोजक पुष्पराज पुरुषले पहिचानको कुरा गर्न नथाक्ने राजनीतिक दलहरूले नेपालको पहिचान हिन्दु धर्म पनि हो भन्ने कुरा बिर्सन नहुने बताउनुभएको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद