प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो गरेका हुन् ।
प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै थापाले सोमबार बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । उक्त बैठकले सरकारमा जाने निर्णय गरेमा थापालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकार पुनर्गठन हुने स्रोतको दाबी छ ।
राप्रपा उच्च स्रोतका अनुसार माओवादी मन्त्रीलाई हटाउन देउवाले सरकार विस्तार नभएर पुनर्गठन गर्ने भएका छन् । पुनर्गठित सरकारका थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने प्रवल सम्भावना छ ।
थापाले देउवासँग गृहसहित पाँचवटा मन्त्रालयको जिम्मेवारी मागेका छन् । राप्रपाका नेता एवं सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले सोमबार बिहान बस्ने पार्टी कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीबाट सरकारमा सहभागी हुन गरेको आग्रहसहितको प्रस्तावमा निर्णय हुन सक्ने बताए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि