संघीय फोरम र राजपा प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा

काठमाडौँ, २२असोज । संघीय समाजवादी फोरम र राजपा दुईदलीय गठबन्धन बनाएर प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा लागेका छन् ।

फोरम र राजपा गठबन्धनले सो प्रदेशको प्रत्यक्षतर्फको प्रतिनिधिसभाका ३२ र प्रदेश सभाका ६४ मध्ये बहुमत सिट जित्ने गरी कांग्रेससँग सहकार्य गर्ने नीति लिएका हुन् । सो गठबन्धनभित्रका नेताहरूले कांग्रेससँग तालमेल गर्दा कम्तीमा मधेसका २० जिल्लाका ७८ मध्ये ४५ सिट पाउने गरी गर्नुपर्ने तर्क गरिरहेका छन् ।

कांग्रेससँग तालमेल नभएमा मधेसका २० जिल्लाका प्रतिनिधिसभातर्फका ७८ सिटमध्ये फोरम र राजपाले आधा÷आधा सिट लिने तयारी गरेका छन् । तर, अहिलेसम्म औपचारिक सहमति भने भएको छैन । फोरम सचिव रत्नेश्वरलाल कायस्थले स्थानीय तहको मतका आधारमा सिट बाँडफाँड हुने बताए ।

प्रदेश नम्बर २ मा फोरम र राजपाले करिब २५ सिट जित्ने दाबी गरेका छन् । र, प्रदेश सभाको ६४ सिटमा ४० सिट कटाउने लक्ष्य बनाएका छन् । त्यसो गर्दा फोरम र राजपा गठबन्धनको प्रदेश सरकार बन्नेछ ।

राजपा महामन्त्री केशव झाको बुझाइमा कांग्रेस र मधेस केन्द्रित दलको गठबन्धनबीच तालमेल नहँुदा पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रमा एमाले र माओवादी गठबन्धनले जित्ने र भित्री मधेसमा फोरम र राजपाका उम्मेदवारले जित्छन्, त्यो अवस्थामा कांग्रेस प्रदेश २ मा कमजोर बन्नेछ ।

बलियो तेस्रो शक्ति बन्ने 
फोरम र राजपा नेताहरू प्रतिनिधिसभामा बलियो तेस्रो शक्ति बन्नुपर्ने अभियानमा लागेका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धन पहिलो र कांग्रेस दोस्रो दल बनेको अवस्थामा यो गठबन्धन तेस्रो शक्तिको रूपमा आउने राजपा महामन्त्री मनीष सुमनको भनाइ छ ।

शीर्ष नेता प्रतिनिभिसभातिरै 
राजपाका शीर्ष नेताको नाम जिल्लाबाट सिफारिस हुन थालेको छ । राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि तीन जिल्लाबाट सिफारिस भएका छन् । महन्थ ठाकुर दुई जिल्लाबाट सिफारिस भएका छन् ।

महतो सर्लाही १ र ४, धनुषा ३ तथा रौतहटबाट सिफारिस भएका छन् । ठाकुर सर्लाही ४ र महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।

शरतसिंह भण्डारी महोत्तरी २ बाट, राजकिशोर यादव सिरहा ४, अनिल झा रौतहट १ र लक्ष्मणलाल कर्ण पर्सा ४ बाट सिफारिस भएका छन् । अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवको नाम सिफारिस भएर आइनसकेको महामन्त्री सुमनले जानकारी दिए । नयाँपत्रिकामा खबर  छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि