संघीय फोरम र राजपा प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा

काठमाडौँ, २२असोज । संघीय समाजवादी फोरम र राजपा दुईदलीय गठबन्धन बनाएर प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा लागेका छन् ।

फोरम र राजपा गठबन्धनले सो प्रदेशको प्रत्यक्षतर्फको प्रतिनिधिसभाका ३२ र प्रदेश सभाका ६४ मध्ये बहुमत सिट जित्ने गरी कांग्रेससँग सहकार्य गर्ने नीति लिएका हुन् । सो गठबन्धनभित्रका नेताहरूले कांग्रेससँग तालमेल गर्दा कम्तीमा मधेसका २० जिल्लाका ७८ मध्ये ४५ सिट पाउने गरी गर्नुपर्ने तर्क गरिरहेका छन् ।

कांग्रेससँग तालमेल नभएमा मधेसका २० जिल्लाका प्रतिनिधिसभातर्फका ७८ सिटमध्ये फोरम र राजपाले आधा÷आधा सिट लिने तयारी गरेका छन् । तर, अहिलेसम्म औपचारिक सहमति भने भएको छैन । फोरम सचिव रत्नेश्वरलाल कायस्थले स्थानीय तहको मतका आधारमा सिट बाँडफाँड हुने बताए ।

प्रदेश नम्बर २ मा फोरम र राजपाले करिब २५ सिट जित्ने दाबी गरेका छन् । र, प्रदेश सभाको ६४ सिटमा ४० सिट कटाउने लक्ष्य बनाएका छन् । त्यसो गर्दा फोरम र राजपा गठबन्धनको प्रदेश सरकार बन्नेछ ।

राजपा महामन्त्री केशव झाको बुझाइमा कांग्रेस र मधेस केन्द्रित दलको गठबन्धनबीच तालमेल नहँुदा पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रमा एमाले र माओवादी गठबन्धनले जित्ने र भित्री मधेसमा फोरम र राजपाका उम्मेदवारले जित्छन्, त्यो अवस्थामा कांग्रेस प्रदेश २ मा कमजोर बन्नेछ ।

बलियो तेस्रो शक्ति बन्ने 
फोरम र राजपा नेताहरू प्रतिनिधिसभामा बलियो तेस्रो शक्ति बन्नुपर्ने अभियानमा लागेका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धन पहिलो र कांग्रेस दोस्रो दल बनेको अवस्थामा यो गठबन्धन तेस्रो शक्तिको रूपमा आउने राजपा महामन्त्री मनीष सुमनको भनाइ छ ।

शीर्ष नेता प्रतिनिभिसभातिरै 
राजपाका शीर्ष नेताको नाम जिल्लाबाट सिफारिस हुन थालेको छ । राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि तीन जिल्लाबाट सिफारिस भएका छन् । महन्थ ठाकुर दुई जिल्लाबाट सिफारिस भएका छन् ।

महतो सर्लाही १ र ४, धनुषा ३ तथा रौतहटबाट सिफारिस भएका छन् । ठाकुर सर्लाही ४ र महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।

शरतसिंह भण्डारी महोत्तरी २ बाट, राजकिशोर यादव सिरहा ४, अनिल झा रौतहट १ र लक्ष्मणलाल कर्ण पर्सा ४ बाट सिफारिस भएका छन् । अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवको नाम सिफारिस भएर आइनसकेको महामन्त्री सुमनले जानकारी दिए । नयाँपत्रिकामा खबर  छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद