हनुमानघाट किनारमा बसेर रामायण लेखिएको दाबी

भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट नदीको किनारमा बसेर वाल्मीकि ऋषिद्वारा रामायण लेखिएको दाबी गरिएको छ । भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्रले उक्त क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको दाबी गर्दै आएको छ । आजको गोरखापत्रमा खबर छ ।

1

विसं २०६७ मा केन्द्रले जनकपुरमा विभिन्न क्षेत्रका विद्वान् र इतिहासविद्सहितको उपस्थितिमा रामायण सम्मेलन गर्दा भक्तपुरको हनुमानघाटबाहेक अन्य क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि नभएकाले हनुमानघाटमा नै बसेर रामायण लेखिएको केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हनुमानघाटमा रहेको वीर, भद्रा र तमसा नदीको त्रिवेणीको सङ्गम स्थलमा नजिकै बसेर वाल्मीकिले रामायण लेख्नुभएका हो, सो ठाउँबाहेक अन्य कुनै पनि स्थानमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि भएको छैन । ” आश्विन शुक्ल कोजाग्रत पूर्णिमाका दिन वाल्मीकि दिवस मनाइने गरिन्छ । 

अहिले वीर, भद्रा र तमसा नदीको सङ्गमको छेउमा वाल्मीकिले पुस्तक च्यापेर रामायण लेखेको मूर्ति यथावत् छ । मूर्ति कहिले र कसले निर्माण गरिएको भन्ने प्रमाण अहिलेसम्म नभेटिएको देवकोटाले बताउनुभयो ।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ वाल्मीकिले भक्तपुरको हनुमानघाटमा बसेर रामायण लेखेको शिलालेख नभेटिए पनि सो ठाउँमा वाल्मीकिको मूर्ति हुनु आफैँमा वाल्मीकिले सोही ठाउँमा बसेर रामायण लेखेको सशक्त प्रमाण भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०