डेभिड वार्नरको १०० औं क्यापमा शतक

काठमाडौं । अष्ट्रेलियन ओपनर्स ब्याट्सम्यान डेभिड वार्नरले एक दिवसीयमा १०० क्याप पूरा गरेका छन् । भारत टुरमा रहेको अष्ट्रेलियाले बिहीबार भारतसँगको खेलमा प्रतिस्पर्धा गर्दा डेभिड वार्नरले सय क्याप पूरा गरेका हुन् ।_92900174_david_warner_getty3

भरातसँगको चौथो एक दिवसीय क्रिकेट खेलमा डेभिड वार्नरले शतक प्रहार गर्दै उनको १०० औं क्यापमा पनि शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ११९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १२४ रन बनाएका हुन् । अष्ट्रेलियाका एक मुख्य खेलाडी समेत रहेका डेभिड वार्नर विश्व चर्चित खेलाडी हुन् ।

अष्ट्रेलियाबाट २००९ सालमा दक्षिण अफ्रिका विरुद्ध वार्नरले डेब्यु गरेका थिए । डेब्यु खेलमा ओपनिङमा आएका वार्नरले ५ रन बनाएर आउट भएका थिए । जुन खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गरेको थियो । डेभिड वार्नरले अष्ट्रेलियालाई एक दिवसीय विश्वकपको उपाधि समेत दिलाई सकेका छन् ।

डेभिड वार्नरले एक दिवसीय फर्माटमा १०० खेलबाट ४ हजार २ सय १७ रन बनाएका छन् । एक दिवसीय क्रिकेट करियरमा उनको उच्च स्कोर भनेको १७९ रन रहेको छ । वार्नरले एक दिवसीय करियरमा १४ शतक १६ अर्धशतक बनाएका छन् । उनले एक दिवसीय करियरमा ४२६ चौका र ६६ छक्का प्रहार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद