काठमाडौं । अष्ट्रेलियन ओपनर्स ब्याट्सम्यान डेभिड वार्नरले एक दिवसीयमा १०० क्याप पूरा गरेका छन् । भारत टुरमा रहेको अष्ट्रेलियाले बिहीबार भारतसँगको खेलमा प्रतिस्पर्धा गर्दा डेभिड वार्नरले सय क्याप पूरा गरेका हुन् ।
भरातसँगको चौथो एक दिवसीय क्रिकेट खेलमा डेभिड वार्नरले शतक प्रहार गर्दै उनको १०० औं क्यापमा पनि शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ११९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १२४ रन बनाएका हुन् । अष्ट्रेलियाका एक मुख्य खेलाडी समेत रहेका डेभिड वार्नर विश्व चर्चित खेलाडी हुन् ।
अष्ट्रेलियाबाट २००९ सालमा दक्षिण अफ्रिका विरुद्ध वार्नरले डेब्यु गरेका थिए । डेब्यु खेलमा ओपनिङमा आएका वार्नरले ५ रन बनाएर आउट भएका थिए । जुन खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गरेको थियो । डेभिड वार्नरले अष्ट्रेलियालाई एक दिवसीय विश्वकपको उपाधि समेत दिलाई सकेका छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि