भुटानको थिम्पुमा बुधबार सम्पन्न अठार बर्ष मुनीको साफ फुटबल प्रतियोगिता बिजेता नेपाली खेलाडीहरु विहिबार स्वदेश फर्केका छन् । विहिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत तथा बधाई दिन अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
खेलाडीको विमानस्थलमा भव्य स्वागत गरिएको थियो । विजेता खेलाडीले पहिलो खेल भुटानसँग हार्नु नै आफूहरुको जीत भएको बताएका छन् । सोही हारबाट सिक्दै थप रणनिति बनाउन सफल भएकाले बिजय प्राप्ती गरेको क्याप्टेन अर्पण कार्कीले बताए । फुटबलमा बिजय हासिल गरेर आफूहरुले नेपाली दाजुभाई दिदीवहिनीलाई वडा दशैको अवसरमा जीतको सबै भन्दा ठूलो उपहार दिन सकेको पनि कार्कीले बताए ।
फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलो पटक कोच भएर अन्तर्राष्ट्रिय खेल खेलाउँदा प्राप्त भएको बिजयले आफूलाई सफल तथा खुसी बनाएको प्रतिक्रिया दिए ।
भुटानमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले बिजेता टोलीमा नाम दर्ता गराएको थियो । दुबै गोल दिनेश हेन्जनले गरेका थिए । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ बर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता १८ बर्ष मुनिको ढाँचामा खेलाउन थालिएको हो ।
प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सबै भन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो । नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि