नयाँ शक्तिका सूर्य नारायण मण्डल अत्यधिक मतले विजयी

 
७ असोज, २०७४

 

 

Chhinnamasta_NS_2सप्तरी – मधेसमा नयाँ शक्तिलाइ देवेन्द्र पाैडेल लगायत रामचन्द्र , रामकुमार र महेन्द्र पाशवानहरूकाे धेरै ठुलाे अान्तरीक धाेका र षडयन्त्रकाे बाबजुद पनी सप्तरी जिल्लास्थित छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा नयाँ शक्ति पार्टीका सूर्य नारायण मण्डल (कुरुड)ले अत्याधिक मतले विजयी  भएका छन्् । रामचन्द्र , रामकुमार र महेन्द्र पाशवानहरूले मलाइ नयाँ शक्ति छाेड्रन दवाव दीएकाे तर बाबुरामले ल्याएकाे नीती सही भएकाे कारण म नयाँ शक्ति पार्टी मै बस्छु भनेर उनीहरूलाइ जवाफ फकार्य र चुनाब लडे, जनताहरूले म लागेकाे पाटिर्लाइ जीताए । याे जीतले नेपालमा बैकल्पीक शक्तिकाे अावश्यकता छ भन्ने जनाउछ र एक चाेटी देश नयाँ शक्तिमय हुने कुरा सूर्य नारायण मण्डलले बताए ।

शनिबार बिहान सावर्जनिक भएको मत परिणाम अनुसार नयाँ शक्तिका मण्डलले २ हजार ८ सय ५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्धन्दी राष्टिय जनता पार्टीका बिमल देवी यादवले १ हजार ३ सय ८५ मत प्राप्त गर्नुभएको छ ।  त्यस्तै वडा नं. २ मा नयाँ शक्ति पार्टीकै चुनचुन साहको प्यानल विजयी भएको छ । वडा अध्यक्ष साह ३ सय ५० मत ल्याई विजयी हुनु भएको छ भने महिला सदस्यमा सारदा देवी सदा, दलित महिला सदस्यमा जिता देवी एवं वडा सदस्यहरुमा लालदेव यादव र रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।

सोही गाउँपालिका वडा नं. ६ मा पनि नयाँ शक्तिका विरेन्द्र प्रसाद साहको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार विरेन्द्र प्रसाद साहले ४ सय ४३ मत ल्याई विजयी हुनु भएको हो । त्यस्तै महिला सदस्य पदमा दुलारी देवी साह, दलित महिला सदस्य फुलोदेवी खत्वौनी एवं सदस्यहरुमा योगेन्द्र प्रसाद मुखिया र जयदेव सदा निर्वाचित हुनुभएको छ । 

विजयी पश्चात् नयाँ शक्तिले शनिवार नै विजयी जुलुस निकालेर गाउँपालिका परिक्रमा गरेको छ । विजयी जुलुसमा पार्टीका नेता, कार्यकर्ता, समर्थक, सुभचिन्तक र त्यस क्षेत्रका आम नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि