नेपाल फाइनलमा, उपाधिका लागि हङकङ प्रतिद्वन्दी

आयोजक मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । 

1111167374Nepal-U19-Team-(1)

अब नेपालले उपाधिका लागि हङकङसँग खेल्ने छ । शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै  नेपालसँगको भेट पक्का गरेको हो ।  

मलेसियाको किनरारा ओभलमा मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सन्दिप सुनार र आसिफ शेखले अर्धशतकीय पारी खेले । सन्दिप ५१ र आसिफ ५० रनमा अविजित रहे । दुबैले १२३ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा अलआउट हुँदै १२१ रन बनाउन सक्यो ।  मलेसियाको लागि नलीन डी सिल्भाले ३९ तथा भिरनदिप जगजित सिंहले २५ रन बनाए । त्यस्तै महोमद शहरिलले १६ रन जोड्दा अम्मर हाजालनले १४ रन जोडे ।

मलेसियालाई कम स्कोरमा रोक्न नेपाली कप्तान दिपेन्द्र सिंह एरीले ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित मात्र २९ रन खर्चिए । त्यस्तै पवन सराफले २ तथा सन्दिप लामिछाने, शाहब आलम र किशोर महतोले समान एक एक विकेट लिए ।

छनोटको फाइनलमा पुगेसँगै नेपाल एसिया कपको लागि छनोट नजिक पुगेको छ । उपाधि जित्ने टोली आगामी नोभेम्बरमा हुने एसीसी यू–१९ एसिया कपको लागि छनोट हुने छन् । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी