काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रुस्लान थ्री स्टार क्लबलाई १ करोड ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
एन्फाको कारण थ्री स्टारले गतवर्ष एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि क्लबलाई बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले १ करोड ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो । असोज २३ गते बस्ने साधारणसभाले निर्णय अनुमोदन गरेपछि मात्रै क्लबले क्षतिपूर्ति पाउनेछ ।
पहिलो चरण पार गरे पनि एन्फाको गल्तिका कारण थ्री स्टारले दोस्रो चरण खेल्न पाएको थिएन । थ्री स्टारले दोस्रो चरणको खेल खेल्न नपाएपछि क्लबले दोषीमाथि कारवाही र ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । यस्तै थ्री स्टारले आफ्नो माग पुरा नभएसम्म भन्दै एन्फाले आयोजना गर्ने प्रतियोगिताहरु बहिस्कार गर्दै आएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद