बढी रकम उठाउने मेनपावरका कर्मचारी रंगेहात पक्राउ

१८ भदौ, काठमाडौँ – वैदेशिक रोजगारीमा जाने कामदारसँग तोकिएको भन्दा बढी रकम असुल्ने कार्यमा संलग्न सिनामंगलस्थित सिद्ध ग्लोबल मेनपावरका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

मलेसिया जाने दुईजना कामदारसँग रु एक लाख ६० हजार लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागको टोलीले आज उक्त मेनपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको हो ।

आफूहरुसँग बढी रकम माग गरिएको भन्दै पीडितले विभागमा उजुरी दिएपछि गोप्यरुपमा अनुगमनमा गएको विभागको टोलीले सो रकम लिँदै गरेको अस्थामा अधिकारीलाई पक्राउ गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । पक्राउ परेकालाई विभागले हिरासतमा राखेर अनुसन्धान गरिएको उनले बताए । सो मेनपावरका सञ्चालक शंकरप्रसाद आचार्यको पनि खोजी भइरहेको विभागले जनाएको छ ।

विसं २०७२ असार २१ गतेदेखि मलेसिया र खाडीका राष्ट्रहरु कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन र कुबेतमा रोजगारीमा जाने नेपाली कामदारबाट मेनपावरले बढीमा रु १० हजारमात्रै सेवाशुल्क लिन पाउने व्यवस्था सरकारले गरेको छ ।

सो व्यवस्था रहेपनि अधिकांश मेनपावरले तोकिएको भन्दा बढी रकम कामदारबाट असुल्दै आइरहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन