माओवादी सांसद घिसिङकाे राजीनामा

yogendra_tamang_wsSaKLXp6nकाठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले संसदबाट राजिनामा दिएका छन् । संविधान सभाको दोस्रो चरणको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद रहेका घिसिङले विहीबार सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई राजिनामा पत्र बुझाएका हुन् ।

पार्टीको केन्द्रीय सदस्य तथा राजनैतिक सम्वाद तथा सहमति समिति र सार्वजनिक लेखा समितिमा सदस्य समेत रहेका उनी दश वर्षे जनयुद्धका घाइते योद्धा हुन् । बौद्धिक तथा प्रखर वक्ताका रुपमा छवि बनाएका उनले राजिनामा दिँदै २७ वर्षको राजनैतिक यात्रामा जेल नेल र अमानवीय यातना भोग्नु परेको बताएका छन् । साथै उनले देशका लागि रगत र शारीरिक अङ्ग समर्पित गर्न पाउँदा गौरवान्दित महशुस गरेको बताएका छन् ।

नेपाली राजनीति यथास्थितिमा रहेको बताउँदै उनले राजनैतिक दलहरुको भ्रमपूर्ण व्यवहारका कारण इमान्दार, देशभक्त, स्वाभिमानी र प्रतिभावान राजनैतिक कार्यकर्ताहरु विक्षिप्त पुगेको बताएका छन् । ‘चुनाव र पार्टी महाधिवेशनमा मात्र कार्यकर्ता उपयोगको संस्कार विडम्बना र दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘ यसमा गम्भीर खेद प्रकट गर्न चाहन्छु ।’

उनले     माओवादी केन्द्रको मुख्य नेतृत्वलाई मुठिभर मानिसको घेरावन्दीमा रहेर गुठ सञ्चालन गरेको र पार्टीले जनजाति, मधेसी, दलित र मुस्लिमको आर्थिक, शैक्षिक र सभ्यताको विकास र सम्मानमा उचित विचार र कार्यनीतिको अभाव देखिएको बताएका छन् ।

‘केन्द्रदेखि वडासम्म आप्mनो खल्तीको चिट र सनकबाट भजनमण्डली तयार गर्दै स्वाभिमानी, इमान्दार र प्रतिभावान पंक्तिलाई बाटो बन्द गरी अलोकतान्त्रिक निरंकुश शैली चलाएर अन्तरपार्टी लोकतन्त्रको निरन्तर धज्जी उडाइएको छ,’ ‘उनले विज्ञप्तिमार्फत भने, ‘यसको परिणाम पार्टी विभाजन र विघटनमार्फत अभिव्यक्त भइरहेको छ ।’

केन्द्रीय सदस्य एवं कुनैपनि तहको जिम्मेवारीमा नरहने र वर्तमान व्यवस्थापिका संसदको सदस्य परित्याग गरेको उनले विज्ञप्ति मार्फन जानकारी गराएका छन् । यसअघि घिसिङलाई माओवादी जिल्ला कार्य समिति ललितपुरले पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’