काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले संसदबाट राजिनामा दिएका छन् । संविधान सभाको दोस्रो चरणको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद रहेका घिसिङले विहीबार सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई राजिनामा पत्र बुझाएका हुन् ।
पार्टीको केन्द्रीय सदस्य तथा राजनैतिक सम्वाद तथा सहमति समिति र सार्वजनिक लेखा समितिमा सदस्य समेत रहेका उनी दश वर्षे जनयुद्धका घाइते योद्धा हुन् । बौद्धिक तथा प्रखर वक्ताका रुपमा छवि बनाएका उनले राजिनामा दिँदै २७ वर्षको राजनैतिक यात्रामा जेल नेल र अमानवीय यातना भोग्नु परेको बताएका छन् । साथै उनले देशका लागि रगत र शारीरिक अङ्ग समर्पित गर्न पाउँदा गौरवान्दित महशुस गरेको बताएका छन् ।
नेपाली राजनीति यथास्थितिमा रहेको बताउँदै उनले राजनैतिक दलहरुको भ्रमपूर्ण व्यवहारका कारण इमान्दार, देशभक्त, स्वाभिमानी र प्रतिभावान राजनैतिक कार्यकर्ताहरु विक्षिप्त पुगेको बताएका छन् । ‘चुनाव र पार्टी महाधिवेशनमा मात्र कार्यकर्ता उपयोगको संस्कार विडम्बना र दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘ यसमा गम्भीर खेद प्रकट गर्न चाहन्छु ।’
उनले माओवादी केन्द्रको मुख्य नेतृत्वलाई मुठिभर मानिसको घेरावन्दीमा रहेर गुठ सञ्चालन गरेको र पार्टीले जनजाति, मधेसी, दलित र मुस्लिमको आर्थिक, शैक्षिक र सभ्यताको विकास र सम्मानमा उचित विचार र कार्यनीतिको अभाव देखिएको बताएका छन् ।
‘केन्द्रदेखि वडासम्म आप्mनो खल्तीको चिट र सनकबाट भजनमण्डली तयार गर्दै स्वाभिमानी, इमान्दार र प्रतिभावान पंक्तिलाई बाटो बन्द गरी अलोकतान्त्रिक निरंकुश शैली चलाएर अन्तरपार्टी लोकतन्त्रको निरन्तर धज्जी उडाइएको छ,’ ‘उनले विज्ञप्तिमार्फत भने, ‘यसको परिणाम पार्टी विभाजन र विघटनमार्फत अभिव्यक्त भइरहेको छ ।’
केन्द्रीय सदस्य एवं कुनैपनि तहको जिम्मेवारीमा नरहने र वर्तमान व्यवस्थापिका संसदको सदस्य परित्याग गरेको उनले विज्ञप्ति मार्फन जानकारी गराएका छन् । यसअघि घिसिङलाई माओवादी जिल्ला कार्य समिति ललितपुरले पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासित गरेको थियो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि