सेयर बजार १८ दशमलव ३३ ले घट्यो

काठमाडौं, १५ भदौ – सेयर बजार परिसुचक नेप्से यो साता लगातार ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार १८ दशमलव ३३ अंकले घट्दै १५८० अंकमा आएको छ । दिनभरीमा १६० कम्पनीको ८४ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १५ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारका सबै उपसुचकहरु ओरालो लागेका छन् । बैंकिङ १६ दशमलव १५ अंक, होटल ११ दशमलव १३ अंक, विकास बैंक २४ दशमलव ६६ अंक, जलविद्युत १७ दशमलव ३१ अंक, फाइनान्स १० दशमलव २३ अंक, बीमा १४७ अंक, उत्पादनमूलक साढे एक अंक र अन्य पौने दुई अंकले झरेको छ ।

बजारमा सबैभन्दा वढी कारोबार एनआइसी एसियाको ६ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा वढि कमाउनेमा जेनरलफाइनान्सका लगानीकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

आज नेप्से २३ दशमलव २५ अङ्कले बढ्यो

असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।