बाढीपीडितलाई पठाइएको सरकारी राहतमा गोबर र ढुंगामाटो !

११ भदौ, काठमाडौं । नेपाल खाद्य संस्थानले बाढीपीडितलाई पठाउन लागेको राहतमा चरम लापरवाही भएको देखिएको छ । संस्थानले तराईका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा पाइएको छ ।

आपूर्ति मन्त्री शिवकुमार मण्डलसमेतको संलग्नतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य संस्थानको काठमाडौंको माइतीघर मण्डलामा रहेको सदर धान गोदाममा अनुगमन गर्दा यस्तो भेटिएको हो ।

बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको उक्त सिमी गुणस्तरहीनसमेत भेटिएको छ । त्यही सिमीमध्ये ४० किलो बाढीपीडितलाई पठाइसकिएको छ ।

बाढीपीडितलाई थप पठाउन लागिएको खाद्य बस्तुमा अखाद्य पदार्थ रहेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गर्दा फापर, उवा र चामलमासमेत प्रशस्तै कैफियत देखिएको छ ।

संस्थानले राहतका लागि मौज्दातमा राखेको ७ सय २० क्विन्टल सिमी परीक्षण गर्दा उक्त सिमी प्याक गरेको बोरामा ढुंगा, माटो, बालुवा, गोबर, चाउचाउका टुक्रा लगायत भेटिएको थियो ।
त्यस्तै, संस्थानले मौज्दातमा राखेको फापर पनि सडेको भेटिएको थियो । संस्थानको सदर गोदाममा ७ सय २२ किलो फापर मौज्दातमा छ । ती फापर राहतस्वरुप संस्थानले विभिन्न क्षेत्रमा पठाउने गर्छ ।

संस्थानमा दुई वर्षभन्दा पुरानो चामल समेत भण्डारण गरेर राखिएको छ । २०७२ सालको भूकम्पका समयमा बंगलादेश सरकारले दिएको १० हजार क्विन्टल चामल अझै पनि संस्थानको गोदाममा थन्किएको । त्यस्तै, फापर र सिमी पनि संस्थानले दुई वर्षअघि नै खरिद गरेको थियो ।

संस्थानको उक्त सदर गोदाममा झण्डै ४१ हजार क्विन्टल खाद्य बस्तु सञ्चय छ । संस्थानले मौज्दातमा रहेका ती खाद्य बस्तु सुपथ मूल्य पसल, कर्णालीलगायतका जिल्ला र खाद्य संकट परेका बेला आवश्यकीय ठाउँमा पठाउने गर्छ ।

संस्थानको अनुगमन गर्दै आपूर्तिमन्त्री मण्डलले खाद्यान्न कारोबार र भण्डारणमा खाद्य संस्थानले चरम लापरवाही गरेको बताए । ‘जनतालाई प्रदान गरिने अत्यावश्यकीय खाद्यान्नमा यस्तो लापरवाही देखिनु दूर्भाग्य हो,’ मन्त्री मण्डलले भने । लापरवाहीमा संलग्नमाथि कडा कारवाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

पूर्व महाप्रवन्धक र कार्यालय प्रमुखको लापरवाही

सदर धान गोदामका प्रमुख भेषनाथ न्यौपानेले आफू केही समयअघिमात्र नियुक्त भएको र कैफियत देखिनुमा अघिल्ला कार्यकालका पदाधिकारी जिम्मेवार रहेको बताए ।

‘सिमी, फापर र उवाको खरिदको कागजात अझैसम्म पनि मैले फेला पार्न सकेको छैन,’ उनले भने, ‘सम्बन्धित पदाधिकारी र ठेकेदार मिलेर गुणस्तरहीन खाद्य बस्तु खरिद गरेको देखियो ।’ यस सम्बन्धमा विस्तृत छानविन गरिने उनले बताए ।

यसअघि खाद्य संस्थानको प्रधान कार्यालयमा रहेका उनले ३ महिनाअघिमात्र सदर धान गोदाम प्रमुखको नियुक्ती पाएका थिए ।

गुणस्तरहीन सिमी र फापर खरिद गर्दा खाद्य संस्थानको महाप्रवन्धकमा शिवहरी श्रेष्ठ थिए । श्रेष्ठले केही समय अघिमात्र अवकाश पाइसकेका छन् ।

त्यस्तै, सदर धान गोदामका प्रमुख मोहनप्रकाश चन्दले पनि अवकाश पाइसकेका छन् । उनीहरूमाथि पनि छानविन गरिने आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको